लर्निसखबर संवादाता
नेपालगन्ज, ९ मंसिर
नेपालगन्जमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ । विपी चोकमा दीप प्रज्वलन गरेर अभियानको सुरुवात गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा आज साँझ दीप प्रज्वलन गरी अभियानको सुरुवात गरिएको हो । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले अभियानको सुरुवात गरे । त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले लैंगिक हिंसा न्यूनीकरणका लागि निरन्तर खबरदारी जरुरी रहेको भन्दै १६ दिने अभियानले सबैलाई अँझ झक्झक्याउने बताए । उप–प्रमुख कमरुद्दिन राईले सबैको समान हैसियत, भूमिका र जवाफदेहिता बढाउन सके हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
यस पटक ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ १६ दिने अभियान मनाइँदैछ । अभियानलाई प्रभावकारी बनाउन सरोकारवालासंग हातेमालो गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु पाण्डेले बताइन् । नेपालगन्ज उप–महानगरपालिकाको नेतृत्वमा यहाँ रहेका सम्पूर्ण संघसंस्थाहरुको सहभागितामा अभियानलाई प्रभावकारी बनाउन सहकार्य गरिएको छ । दैनिक कार्यक्रम गर्ने योजना बनाइएको नगरस्तरीय लैङ्गिक हिंसा निगरानी संजाल अन्तर्गत उपसमिति संयोजक गणेश भट्टराईले जानकारी दिए ।
यो अभियानको शुरुवात सन् १९९१ मा वुमन्स ग्लोबल लिडरसीप इन्सिट्युटमा सहभागी भएका महिला अधिकारकर्मीहरुद्वारा भएको हो । नोभेम्बर २५ देखि डिसेम्बर १० गरी जम्म १६ दिनसम्म चल्ने यो अभियानलाई पछि संयुक्त राष्ट्र संघले पनि मान्यता प्रदान गरी थप विश्वव्यापी बनाउन सहयोग पुयाएको छ । हाल यस अभियानलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा हरेक वर्ष विश्वभर मनाइने गरिन्छ ।
सन् १९६० नोभेम्बर २५ का दिनमा निक रिपब्लिकका तानाशाह राफेलले सन् १९६० नोभेम्बर २५ का दिनमा डोमेनिक रिपब्लिकका तानाशाह राफेल ट्रिजुलो सरकारविरुद्ध आवाज उठाउने तीन मिराबल दिदी–बहिनीहरुको विभत्स हत्या गराएका थिए । तिनै मिराबल दिदीबहिनीहरुको अधिकारकर्मीलाई सम्मान गर्दै अभियानको पहिलो दिनलाई महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्ने दिवसका रुपमा मनाइन्छ ।
Discussion about this post