लर्निसखबर संवादाता
नेपालगन्ज, २४ मसिंर
प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिरसम्म शनिबार पैदल यात्रा गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले नाट्टा बाँके च्याप्टरको आयोजना र नरैनापुर गाउँपालिका कार्यालयको आथित्यतामा पैदल यात्रा गरिएको हो ।
नेपालगन्जबाट करिव १ सय जनाको टोली शनिबार मन्दिरसम्म पुगेको थियो । नरैनापुर गाउँपालिकामा अवस्थित उक्त मन्दिरमा पछिल्लो समय भारत र नेपालका विभिन्न ठाउँबाट दर्शन गर्न भक्तजनहरु पुग्ने गरेका छन् । नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले मन्दिर दर्शन गर्न करिव ४ घण्टा पैदल यात्रा गरिएको बताए ।
समय(समयमा गरिने यस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपालगन्जबाट पुगेका पर्यटनकर्मी, चिकित्सक, ब्यापारी, सामाजिक अभियन्ता, टुर एण्ड ट्राभल ब्यवसायी, कानुन ब्यवसायी, सञ्चारकर्मी लगायतको टोलीलाई नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल लगायतले स्वागत गरेका थिए ।
सो क्रममा सन्तानेश्वर महादेव मन्दिरको महत्व र विशेषताका बारेमा जानकारी गराइएको थियो । सन्तानेश्वर महादेव मन्दिर नरैनापुर गाउँपालिकाबाट उत्तरतर्फ पहाडमा पर्दछ ।
Discussion about this post