लर्निसखबर संवादाता
नेपालगन्ज, २ पुष
मिथिला सेवा समाज नेपालगन्जले बिबाह पञ्चमीको अवसरमा दुई जोडी नव दुलाहा दुलहीलाई सामाग्री हस्तान्तरण गरेको छ । राम जानकी मन्दिर नेपालगन्जमा मिथिला सेवा समाजका अध्यक्ष रामलोचन साहको अध्यक्षता उक्त कार्यक्रम गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आथित्यतामा आयोजित उक्त कार्यक्रममा समाजको तर्फबाट मोतीलाल कहार र पिंकीदेवी कहार तथा विष्णु कहार र आरती कहारको जोडीलाई सम्पुर्ण सेट भाडा वर्तन तथा अन्य सामग्री र योग समितिका तर्फबाट २ ब्ल्यांकेट उपहार स्वरुप प्रदान गरिएको मिथिला सेवा समाजका सचिव भरत महतोले जानकारी दिए ।
सो क्रममा नरैनापुर गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाह, योग समितिका अध्यक्ष गिरिराज भट्टराई, बलराम यादव, झवीलाल शर्मा, रामचन्द्र पण्डित, रमेश नाग, राजेन्द्र सोनी लगायतको उपस्थिती रहेको उनले बताए । बिबाह पञ्चमीलाई मिथिला क्षेत्रमा धुमधामका साथ मनाउने प्रचलन रहेको छ ।
पर्सादेखी सुनसरी सम्मका करिव ५ सय ८० जना मिथिलाबासीहरु बाँकेमा बसोबास गरिरहेका छन् । विभिन्न पेशा तथा ब्यवसाय र सरकारी सेवामा कार्यरत छन् । उनीहरु सबै मिलेर मिथिला सेवा समाज गठन गरेका हुन् ।
Discussion about this post