लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ६ पुष
बाँकेकी रिमा (परिवर्तित नाम) आफ्नी आमाले जमुनाह नाकामा गर्दै आएको चिया पसलमा आमाको सहायताका लागि आउने जाने गरिरहन्थिन् । बाबु सित करिव ८–१० बर्ष अघि आमा छोरी मिलेर जिवन निर्वाहका निमित्त स–सानो व्यवसाय गरिरहेकै बेला सिमा पारिबाट सामानहरु ‘क्यारिङ्ग’ गर्दै आएकी हसिना नामक महिला सित चिनजान भयो ।
चिनजानसंगै नजिकिएका रिमा र हसिनाको उनकै चिया पसलमा बेला–बेलामा भेट भईरहन्थ्यो । भेटघाट नजिकिएसंगै समय–समयमा वारीपारी आउने जाने क्रम चलिरहन्थ्यो । कुरा–कुरामा एकदिन हसिनाले रिमालाई सपिङ्ग गराईदिने कुरा गरिन् । किशोरावस्थामा भरखरै टेकेकी चन्चले स्वभावकी रिमा ‘सपिङ्ग’रहर नगर्ने कुरै भएन ।
मंसिर ३० गते शनिबार हसिना र रिमा सपिङ्ग गर्ने भन्दै रुपैडिया गए । पारि गएर उनिहरुले शिवा शोनकर संग भेटे । त्यसपछि शिवा र हसिनाले गाडिमा बसेर उनिहरु सिधै हरियाणाको रप्तम्खेडा भन्ने ठाँउमा रहेको पोल्टीफर्ममा पु-याए । घरमा आमालाई केहि नभनिकन घरबाट निस्केकी छोरी २–३ दिन सम्म पनि घर नफर्केपछि आमा रजिया (परिवर्तित नाम)ले खोजतसालका लागि सम्बन्धितन निकायतिर हारगुहार गरिन् । उनले जिल्ला प्रहरी कार्यालय खोजतलासका लागि निवेदन दिनुका साथै सामाजिक संस्था शान्ति पुनःस्थापना गृह शाखा कार्यालय बाँके नेपालगन्जमा समेत सो विषयमा जानकारी गराईन् ।
त्यसपछि, शान्ति पुनःस्थापना गृहको सक्रियता तथा हेल्प क्रस टष्ट देहात इन्डिया, बहराइच र नेपाली राजदुतावास नयाँ दिल्लीको समन्वयमा उनको उद्धार गरयो ।
बालिकालाई शुक्रबार जि.प्र.का.महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगन्ज, बाँके मार्फत पारिवारिक पुनर्मिनल गराईएको छ ।
बाँके जिल्ला स्थायी बसोबास भएकी बर्ष १५ कि एक नाबालिकालाई भारतको हरियाणबाट उद्धार गरिएको शान्ति पुनस्र्थापना गृह शाखा कार्यालयका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए ।
उद्धार गरिएकी बालिकालाई त्यहाँ पुर्याउने १ महिला र १ पुरुषलाई पुलिस थाना सदर सफिदों हरियाणामा मानव बेचबिखन विरुद्ध मुद्दा दर्ता समेत गरिएको उनले जानकारी दिए ।
मानव बेचविखन तथा ओसार–पसार विरुद्व काम गर्दै आईरहेको सामाजिक संस्था शान्ति पुनस्र्थापना गृहले यस आर्थिक बर्षको मंसिर महिना सम्म मानव बेचबिखन तथा ओसारपसारको जोखिमपुर्ण यात्रामा रहेका १ सय ११ जना महिला, किशोरी तथा बालबालिकालाई सीमा नाकाबाट उद्धार गरी सुरक्षित पारिवारिक पुनर्मिलन गरेको छ । सोहि अवधिमा कुल ३ हजार १ सय ९६ जनालाई भने मानव बेचबिखन तथा ओसारपसार विरुद्ध र सुरक्षित आप्रवासन सम्बन्धमा सूचना तथा परामर्श सेवा प्रदान गरेको छ ।
सो संस्थाले बाँके जिल्लाको सुईया–बगौडा, खडैंचा, जमुनाहा, शिवपुरी सिमा नाका र कोहलपुर बसपार्क गरी जिल्लाको ५ स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी कार्य संचालन गर्दै आईरहेको छ ।
Discussion about this post