सावित्री बिश्वकर्मा
पुस ११ नेपालगन्ज
महिला उद्यमी संघ बाँकेले आठौं लुम्बिनी प्रदेश स्तरिय प्रदर्शनी गर्न लागेको छ ।
आज बाँकेको नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजन गरि उक्त जानकारी गराएको हो । यहि पौष २४ गते देखि २८ गते सम्म संचालन हुने प्रदर्शनी महिला उद्यमी संघ बाँकेको आयोजना र नेपालगन्ज उप महानगर पालिकाको आर्थिक सहयोगमा हुन लागेको हो । बिशेष गरि महिलाहरुलाई उद्यमतर्फ आकर्षित गराउँदै राज्यको आर्थिक विकासमा योगदान गर्ने प्रदर्शनीको उदेश्य रहेको छ ।
देशलाई आर्थिक रुपमा बलियो बनाउन घरेलु उत्पादन, स-साना घरेलु उद्योगहरुको भुमिका महत्वपूर्ण हुने र तिनै उद्योग र उत्पादनलाई प्रदर्शनी मेला मार्फत बजारीकरणमा सहयोग गर्ने अभिप्रायले यश पटक पनि नयाँ उत्साहका साथ मेला आयोजनाको तयारी गरिरहेको महिला उद्यमी संघ बाँकेकि अध्यक्ष साबित्रा बस्नेतले बताइन् । प्रदर्शनीमा यश पटक ६० बढी स्टल रहने उनले जानकारी गराइन ।
नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्ड्रेन पार्कमा पाँच दिन सम्म प्रदर्शनी चल्नेछ भने लुम्बिनी प्रदेशको १२ जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । यस सङ्गै कर्णाली र सुदुरपश्चिमबाट समेत केही महिला उद्यमीहरुको सहभगिता रहने छ ।
नयाँ उद्यमीहरूको रुपमा कर्णाली प्रदेशको जाजरकोटबाट पत्थर, सुर्खेतबाट ढाकाको कपडा, बर्दियाबाट बेसार, होमस्टे बारे प्रचार प्रसार, स्थानीय खानाको परिकार, पुर्वी रुकुमबाट स्थानिय खाद्यवस्तु, नेपालगन्जको नाना चाचाले जेलमा बसेका महिलाहरुले उत्पादन गरेको कपडा, बाँकेबाट तोरिको तेल, दाल, चामल, बर्दियाबाट स्विटर लगाएतका उत्पादन सहित महिला उद्यमीहरु पहिलो पटक सहभगी हुन लागेको आयोजल ले जनाएको छ । पौष २४ गते बाट सुरुहुने प्रदर्शनी अवलोकनका लागि बाँके लगाएत छिमेकी जिल्लाहरु लाई समेत अध्यक्ष बस्नेतले आह्वान गरेकी छन् ।
Discussion about this post