लर्निस खबर
नेपालगन्ज, २९ पुष
बाँकेको नेपालगञ्जमा पहिलोपटक प्रोफेसनल राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुने भएको छ । आईतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक तथा नेपाल हाप्किडो संघका केन्द्रिय सदस्य मोहसिन हलवाईले प्रतियोगिताको मिति सार्वजनीक गरेका हुन् ।
नेपालगञ्ज रंगशालामा सञ्चालन हुने प्रतियोगिता माघ २६ र २७ गते आयोजना हुनेछ । हलवाईले हाप्किडो खेललाई विश्वव्यापी मूल्य र मान्यता अनुसार बिकास तथा विस्तार गर्दै यस खेललाई जनजिवनको अभिन्न अङ्ग बनाउन शारीरिक मानसिक, बौद्धिक र नैतिक क्षमतायुक्त मानव संसाधनको विकास गरी खेललाई रोजागारमूलक व्यवसायको रुपमा स्थापित गर्ने उद्देश्यले नेपालगञ्जमा पहिलो पटक राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसिप गर्न लागेको बताए ।
हाप्किडो च्याम्पियनसिपमा सात वटै प्रदेश र नेपाल प्रहरी स्कुल गरि ८ टिमका खेलाडीको सहभागिता रहने छ । फाइट तर्फ प्रतिस्पर्धामा महिला र पुरुष दुबैमा ८-८ वटा तौल समूहमा ४० केजि देखि ६८ केजि माथिको तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतिस्पर्धा रहने छ । यसैगरी सेल्फ डिफेन्स-डेमोष्ट्रेशन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक हलवाईले बताए ।
आयोजकले च्याम्पियनसिपमा सहभागी हुन आउने सबै खेलाडी, प्रशिक्षक, रेफ्री, जज र निर्णायकको सम्पुर्ण खर्च व्यवहोर्ने जनाएको छ ।
Discussion about this post