लर्निस खबर
नेपालगन्ज, २७ फागुन
भारतको सोनी टिभीको बहुचर्चित कार्यक्रम ‘इण्डियन आइडल’ वाट पहिचान बनाएकी गायिका मेनुका पौडेलले आप्नो उद्देश्य बलिवुडको चलचित्रका लागि गीत गाउनु नै रहेको बताएकी छन् ।
नेपालगन्ज कल्चर फेस्टिवलमा गीत गाउन आएकी गायिका पौडेलले आज आइतवार भएको पत्रकार भेटघाट कार्यक्रममा संगितको कुनै भाषा नभएपनि भारतमा धेरै बस्ने भएकाले धेरै हिन्दी गीत गाउनु स्वभाविक भएको बताईन् ।
विशेषगरी दर्शकद्वारा अत्यधिक रुचाईएको दक्षिण भारतिय चलचित्र ‘सलार’ का लागि गीत गाएर अँझ बढी चर्चा बटुलेकी उदयिमान गायिका मेनुकाले नेपालगन्ज कल्चर फेस्टिवलमा दिने प्रस्तुति आफ्नो नेपालमै पहिलो भएको जानकारी दिईन् ।
नेपालगन्ज कल्चर फेस्टिवलका आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले आफुलाई फेस्टिवलमा ल्याउन निकै मेहनत गरेको बताउदै मेनुकाले यसखाले कन्सर्टले कलाकारलाई सांगितिक उर्जा दिने बताईन् ।
नेपालगन्ज रंगशालामा आइतवार साँझ मेनुकाको एकल गीत प्रस्तुत हुँदैछ । मेनुकालाई हेर्न र उनको गीत सुन्न रंगशालामा दर्शकको संख्या अप्रत्याशित बढ्ने आंकलन गरिएको छ ।
Discussion about this post