लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १४ चैत
नेपालगन्जको पर्यटन प्रवर्धनका लागि भनेर निर्माण तथा सन्चालनमा ल्याईएका पर्यटकीय संरचनाहरु अस्तव्यस्त बनेका छन् । राज्यको करोडौं लगानी लगाएर निर्माण सुरु गरिएको यस्ता संरचनाहरु न त पुर्ण रुपमा निर्माण सम्पन्न भएका छन् । न त व्यवस्थित रुपले सन्चालमा नै आउन सकेका छन् । जसका कारण प्रर्यटन प्रवर्धनका क्षेत्रमा राज्यले गरेको लगानी बालुवामा पानि खन्याए जस्तै भएको छ ।
महेन्द्र पार्क भन्ने वित्तिकै चिडियाखाना र पार्क भन्ने बुझाई सर्वसाधरणको छ । यहाँ जरायो, कृष्णसार, बाँदर, खरायो, मुसा, परेवा, सुतुरमुर्गा, सुगा, हाँस, सारस, गोहि, विभिन्न चराहरु लगायतका जिवजन्तुहरु छन् । यद्यपी, उनिहरुको संख्या भने पहिले भन्दा कम छ ।
त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य प्रर्यटकहरुका लागि न त गतिलो पानिको व्यवस्था छ । न त शौचालयको नै व्यवस्थापन राम्रो छ । पार्क भनेपनि यहाँ विहे पार्टी लगायतका कार्यक्रमहरु समेत भईरहने हुनाले घुम्न आउनेहरुलाई सहज र खुला वातावरण समेत छैन ।
यता रानितलाउको दुर्दशा पनि महेन्द्रपार्क भन्दा कम छैन । बोटिङ्गको व्यवस्थापन छैन । तलाउको पानि सफा छैन । पानिको फोहरा सन्चालनमा छैन । पुनःनिर्माण गर्ने भनेर निकालिएका मनोरन्जनका साधनहरुको समयमै पुनःनिर्माण हुनसकेको अवस्था छैन । अलि धेरै व्यक्तिहरुको चहलपहल हुनपर्ने अवस्था आयो भने मानिसहरुलाइ एकआपसमा आवत–जावत गर्नै मुस्किल हुने स्थानमा तलाउ सन्चालनको जिम्मा लिएको ठेकेदार कम्पनिले भने विवाह, पार्टी र जन्मदिनका लागि समेत बुकिङ्ग लिने गरेको छ ।
महेन्द्र पार्क तथा रानि तलाउ जस्ता पर्यटकिय संरचनाहरुको यो हविगतले सरोकारवालाहरु यसप्रति गैह्रजिम्मेवार भएको त प्रष्ट्याउछ नै । साथै यस क्षेत्रको प्रर्यटन प्रवर्धनमा महत्वपुर्ण टेवा पु¥याउने यस्ता संरचनाको देख–रेखमा यहाँको स्थानीय सरकारले पनि गम्भिर त्रुटि गरेको देखिन्छ ।
तस्विर : विजय श्रेष्ठ/प्रवेश सिङ ठाकुर
Discussion about this post