लर्निस खबर
नेपालगन्ज, २१ असार
समाजमा लागूऔषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन सकेको छैन । समाजले लागूऔषध प्रयोगकर्तालाई विभिन्न नामावली दिएर अपहेलना गरिरहेको पाइन्छ । यस्तो अवस्थामा बाँकेका सरोकारवाला व्यक्तिहरुले लागूऔषध एउटा रोग र लागूऔषध प्रयोगकर्तालाई रोगीका रुपमा हेर्नु पर्नेमा जोड दिएका छन् ।
शुक्रबार नेपालगन्जमा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको ‘नेपालमा लागूऔषध प्रयोकर्ताहरुलाई फौजदारी मुद्दा-दण्ड विकल्पहरु’ कार्यक्रममा उपस्थित सहमागीले लागूऔषध प्रयोगकर्तालाई समाजले रोगीका रुपमा हेरेर त्यसको उपचारमा जोड दिनु पर्ने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका बाँके जिल्ला अदालतका जिल्ला न्यायधिश भिष्मराज प्रसाईले लागूऔषध प्रयोगकताको उपचारसँगै लागूऔषधको प्रयोगकर्ताको संख्या कसरी बढिरहेको छ भन्ने कुरा पत्ता लगाउनु पर्ने बताए । न्यायधिश प्रसाईले भने,‘लागूऔषध प्रयोगकर्ताको संख्या बढ्नुमा सम्बन्ध विच्छेद् पनि प्रमुख कारण हो । यस्तै परिवारमा अभिभावकले निगरानी नगर्नु तथा बेरोजगारीका कराण पनि लागूऔषधमा मानिसहरु पसिरहेका छन् ।’
प्रसाईले नेपालमा लागूऔषधको अवस्था बारेमा बताउँदै क्षेत्रअनुसार लागूऔषतको प्रकृति फरक–फरक रहेको बताए । उनले नेपालको पूर्वी प्रदेशमा सुईद्वारा प्रयोग गरिने लागूऔषतको संख्या बढी, मध्य प्रदेशमा ‘ट्याब्लेट’को प्रयोग बढी र पश्चिमतीर ब्राउनसुगरको प्रयोग बढी रहेको बताए । प्रसाईले लागूऔषध प्रयोगकर्तालाई रोगीका रुपमा प्रहरीले अनुसन्धान र न्यायिक पक्षले हेर्ने गरेको बताए । त्यस्तै कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायधिश बालकृष्ण वाग्लेले दुब्र्र्यसनी अपराधिक गतिविधिसंगमात्र सम्बन्ध नभएर सामाजिक तथा स्वास्थ्य समस्या रहेको बताए । उनले लागूऔषध रोग हो र यसको प्रयोगकर्तालाई रोगी हो भन्ने धारणा विकास भइरहेको बताए । साथै समाजका कारण पनि मानिसहरु कुलततर्फ आकर्षण भएको वाग्लेको धारण रहेको थियो ।
यस्तै कार्यक्रममा बाँके जिल्लाका प्रमुख अधिकारी खगेन्द्रप्रसाद रिजालले लागूऔषधको तथ्यांकमा सुर्धनै नसक्नेगरी लागूऔषधमा व्यक्तिहरु पसेको अवस्था रहेको बताए । रिजालले लागूऔषधमा धनी व्यक्तिमात्र नभएर गरिब तथा विपन्न वर्गका व्यक्तिहरु पनि फसिरहेको बताए । उनले लागूऔषध दुव्र्यशनीको अवस्थालाई कम गर्न प्रहरी, न्यायालय तथा प्रशासनले सक्ने काम गरिरहेको बताए ।
कार्यक्रममा सरकारी वकील कार्यालय बाँकेका न्यायधिवक्ता धर्मराज न्यौपानेले समाजमा थाहा भएका लागूऔषध प्रयोगकर्तामात्र पक्राउ पर्ने र मुद्दा चल्ने गरेको बताए । न्यौपानेले लागूऔषध नियन्त्रणका लागि समाजका सरोकारवाला नियकायलाई बढीभन्दा बढी कार्यक्रममा सहभागिता गराउनु पर्ने बताए । यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणका गणपति विमल डाँगी, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्ज बाँकेकी द्वारिका अधिकारीलगायत अधिवक्ता तथा सहभागीले लागूऔषध प्रयोगकर्तालाई उपचारबाट सुधार्न सकिन्छ भन्ने कुरालाई प्रचार प्रसार गर्नु पर्ने बताए ।
उनीहरुले उपचारबाट निको भएका लागूऔषध प्रयोगकर्ता र समाजबीचको अवस्था कस्तो छ, उनीहरुको जीवनशैली कत्तिको सहज भएको छ भन्ने कुराहरुलाई पनि ख्याल गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशले लागूऔषध प्रयोकर्ताहरुलाई वर्तमान अवस्थामा रहेको फौजदारी मुद्दा÷दण्ड विकल्पहरुसम्बन्धी ऐनका बारेमा प्रस्तुतिकरण गरेको थियो ।
Discussion about this post