लर्निस खबर
नेपालगन्ज-
सिविन नेपालको आयोजनामा गरिएको किशोर किशोरीहरुलाई बृहत्तर यौनिक शिक्षाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुईदिनसम्म चलेको यस तालिमकी सहजकर्ता भेरी हस्पिटल नेपालगन्जमा कार्यरत स्टाफनर्स बसुन्धरा ज्ञवली थिइन ।
जिल्ला विभिन्न पालिकाका बालक्लबमा आबद्ध किशोर किशोरीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको थियो । किशोर किशोरीहरुलाई यौनिक शिक्षा अन्र्तगत यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको बारेमा, किशोरावस्थामा हुने शारिरीक परिवर्तनकोबारेमा, प्रजनन अंग, मानसिक स्वास्थ्य अवस्था लगायतको विषयम समेत अभिमुखीकरण गरिएको सिविन नेपाल नेपालगन्जका व्यवस्थापक सिद्धराज पनेरुले जानकारी दिए । उनका अनुशार यस अवस्थाका बालबालिकामा हुने तिब्र बृद्धि विकासलाई बालबालिका स्वयंले तत्काल स्वीकार्न कठिन हुने अवस्थामा उनीहरुले गर्नुपर्ने व्यक्तिगत सरसफाई (विषेश महिनावारीको समयमा) र पौष्टिक आहारको बारेमा जान्नुपर्ने आवश्यक्ता पुरा गर्नपनि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
बाल अधिकार गठबन्धन एसिया समेतको सहआयोजना रहेको उक्त कार्यक्रमकी सहभागी खुस्नुमा ढपालीले यस कार्यक्रमले आफुजस्ता किशोरकिशोरीहरुमा रहेका यौनिक जिज्ञासा तथा मानसिक स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएको बताइन् । यस्ता बालबालिका तथा किशोरकिशोरी लक्षित कार्यक्रमले आफ्ना क्षमता विकास गर्न र समुदायमा आफ्ना हक सहित काम गर्न पृष्ठपोषण मिल्ने सहभागीहरुले बताएका थिए ।
आयोजकका अनुसार बाँकेको जानकी गाँउपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाँउपालिका, कोहलपुर नगरपालिका, र नेपालगन्ज उपमहानगरपालिका गरि पाँच पालिकाबाट जम्मा ४२ जनाको सहभागीता रहेको थियो ।
Discussion about this post