ओबिराज आचार्य
नेपालगंज, असोज १२
बाँकेको राप्ति नदिमा बैकुण्ठधाम सिधनियाघाट निर्माणार्थ संचालन हुने बैकुण्ठधाम आध्यात्मिक महोत्सवलाई सफल बनाउन बाँकेका सबै राजनीतिक दलहरुले सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन ।
बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिको आयोजनामा असोज १२ गते भएको सामुहिक बैठकमा बोल्दै बाँकेका सबै राजनीतिक दलका प्रमुखहरुले महोत्सव सफल बनाउन आफुहरुले कुनै पनि कसर बाँकी नराख्ने बताएका हुन । उनीहरुले सम्मानपुर्ण सद्गतिको साझा थलोका रूपमा बाँकेको राप्ती नदी तटमा बैकुण्ठधाम स्थापनामा आफ्नो दल र आफुहरुले कुनै पनि विषय तथा मुद्दाहरुमा सहयोग गर्ने र सबैलाई सहयोगका लागि लागि पर्ने बताएका हुन ।
नेपाली काँग्रेस बाके जिल्ला प्रतिनिधी रेनु सिहले सामाजिक संजालमा आएका नकारात्मक कुराहरुलाई चिरफार गर्दै अगाडी बढनु पर्ने बताईन । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले भने, तपाईहरु भन्नु्स राजनीतिक दलले के के सहयोग गर्नु पर्छ कहाँ गएर सहयोग गर्नु पर्छ हामी तयार छौं, तपाईहरु पारदर्शि भएर काम गर्नुस जनता तपाईको साथमा छन । कार्यक्रममा बोल्दै माओबादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डेले अत्यन्तै सरहानीय कार्य भएको बताउँदै स्थानीय जनता र तिनै तहका सरकारसंग बैकुण्ठधाम निर्माणकालागि सहयोग र सहकार्यका लागि पहल गर्ने बताए, उनले आफ्नो सिङगो पार्टी तथा आफु पनि यसका लागि सबै तहका कार्यकर्तालाई सहयोगको लागि आह्वान गर्ने बताए ।
राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र कुमार पौडेलले भात, खाट र अन्तमा घाट मानिसको जीवन रहदा र नरहदा पनि नभै नहुने अत्यावश्यक कुरा भएकोले बैकुण्ठधाम निर्माणको कार्यलाई उच्च प्रशंशा गर्दै जसरी पनि यो कार्यले सिद्धि पाउनै पर्ने मा जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका अध्यक्ष हरिपाल केसीले राम्रो कार्यको सबैले खुलेर प्रशंशा र सहकार्य गर्नु पर्ने बताउंदै आफ्नो पार्टीले यो कार्यलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बैठकमा जनता समाजवादी पार्टीका बाँके अध्यक्ष अरुण कुमार सिंहले स्थानीय सरकार र प्रदेश सरकारबाट आफ्नो पार्टीको तर्फबाट बैकुण्ठधाम निर्माणकालागि बजेटको विनियोजन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । बैठकमा नेकपा एसका डम्बर थापा, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे र जगदिश ढकाल, राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंह, लगाएतको उपस्थिती रहेको थियो । बैठकका मुल समारोह समितिका सह संयोजक भोला महत, महा सचिव श्रीराम सिग्देल, कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
महोत्सवलाई सफल बनाउन बाँकेका सबै राजनीतिक दल बिभिन्न संघ संस्था नागरिक समाज उद्योगी व्यवसायी ईन्जीनियर वकिल संचारक्षेत्र सबैको सहकार्यमा जुटेको मुल आयोजक समिति संयोजक डा सुरेश कुमार कानोडियाले बताए ।
बाँकेको राप्ति नदिमा बैकुण्ठधाम सिधनियाघाट निर्माण सहयोगार्थ यही कार्तिक २२ देखि ३० गत्ते सम्म नेपालगंज स्थित रामलिला मैदानमा बैकुण्ठधाम आध्यात्मिक महोत्सव आयोजना गरिदैछ ।
Discussion about this post