लर्निस खबर
नेपालगन्ज,१७ असोज
घटस्थापनाको अवसर पारेर नेपालगन्जको सुर्खेतरोड स्थित धम्बोझि नजिकै आँकुरा रेष्टुरेन्ट एण्ड बार संचालनमा आएको छ । दशैको पहिलो दिन घटस्थापनाको अवसरमा शुभसाइत जुराई आँकुरा रेष्टुरेन्ट संचालनमा आएको हो । होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काले सो रेष्टुरेन्टको उद्घाटन गरे ।
त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि खड्काले मिठो खानाका परिकार र उत्कृष्ट वातावरण सहितको स्थानमा बसेर आफनो समय सदुपयोग गर्नका लागि ‘आँकुरा’ रेष्टुरेण्ट एण्ड बार एउटा राम्रो गन्तब्य बन्ने विश्वास व्यक्त गरे । उनले नेपालगन्ज मात्र नभई आसपासका थुप्रै ठाउँमा शाखा संचालन गरि उत्कृष्ट स्वाद पस्कन आग्रह समेत गरे ।
रेष्टुरेण्टका सन्चालक कृष्ण कँडेलले नेपालगन्जबासीका लागी मात्र नभई आसपासका विभिन्न क्षेत्रका खानाका पारखीहरुको पनि राम्रो गन्तब्य बनाउने कुरामा आफु र आफ्नो टिम प्रतिबद्व रहेको बताए ।
नेपालगंजमा यसैपनि राम्रो वातावरणको रेष्टुरेन्टहरुको अभाव छ । भएका केही रेष्टुरेन्टहरु पनि बन्द भएका उदाहरण ताजै छन् । तर यि युवा उद्यमीले यो क्षेत्रमा राम्रो खाना र राम्रो वातावरण दिन सके यहाँका बासिन्दाले मन पराउन सक्छन् भन्ने लक्ष्य राखेर नै यो रेष्टुरेण्ट संचालनमा ल्याएको कँडेलले बताएका छन् ।
रेष्टुरेण्टका म्यानेजर कमल पौडेलले हरेक दिन स्पेशल फुडका साथ राम्रो हस्पिटालिटी आफुहरुको विशेषता रहेको बताए ।
रेष्टुरेण्ट उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, विभिन्न होटलका संचालक, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको सहभागिता रहेको थियो । भने, उद्घाटन कार्यक्रमको संचालन पत्रकार ममता थापाले गरेकी थिईन् ।
Discussion about this post