लर्निस खबर
कोहलपुर, १८ असोज
कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले तीव्रता दिएको छ । अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले कोहलपुर नगरपालिका वडा नं. ८ र ९ मा व्यापक प्रचारप्रसार अभियान चलाएका छन् ।
भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै स्थानीय व्यवसायीहरूमा उत्साह छाएको छ । उनले संघको नेतृत्वमा पुगेर व्यवसायीहरूका समस्या समाधान गर्ने, संघलाई थप सशक्त बनाउने र कोहलपुरको व्यापारिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
‘मैले कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । मेरो उद्देश्य संघलाई व्यवसायीमैत्री बनाउनु हो । मैले व्यवसायीहरूका समस्यालाई नजिकबाट नियालेको छु र ती समस्या समाधान गर्नका लागि विभिन्न योजनाहरू ल्याएको छु । मलाई विश्वास छ कि मेरो नेतृत्वमा संघले नयाँ उचाइ प्राप्त गर्नेछ ।’–उने भने ।
भट्टराईले आफ्नो प्रचारप्रसार अभियानलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन् । उनले स्थानीय व्यवसायीहरूसँग भेटघाट गर्ने, अन्तरक्रिया गर्ने र आफ्ना योजनाहरूबारे जानकारी गराउने गरेका छन् । साथै, उनले सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यमबाट पनि आफ्नो प्रचारप्रसार गरिरहेका छन् । उनले आफ्नो लामो अनुभव र व्यवसायिक ज्ञानलाई संघको सेवामा समर्पित गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा कसले जित्ने हो भन्ने चासो सबैतिर छ ।
Discussion about this post