लर्निस खबर
नेपालगन्ज, १३ पुष
महिला सशक्तीकरण र नेतृत्व विकासबारे बहस गरिएको छ । उक्त बहसमा बोल्ने वक्ताहरुले महिलाहरूले नेतृत्वमा आउँदा सामना गर्नुपर्ने व्यवहारिक चुनौतीहरूबारे छलफल गरे ।
प्राज्ञिक विद्यार्थी परिषद नेपाल, कोहलपुर नगर एकाई समिति, बाँकेले शनिवार कोहलपुर नगरपालिकाको सभाहलमा आयोजना गरिएको ‘छात्रा विचार गोष्ठी’ कार्यक्रममा महिलाहरूले नेतृत्वमा आउँदा सामना गर्नुपर्ने व्यवहारिक चुनौतीहरूबारे छलफल गरिएको थियो ।
कार्यक्रमका वक्ताहरुले महिला सशक्तीकरण र नेतृत्व विकासका क्रममा प्रायः सामाजिक, सांस्कृतिक, आर्थिक, र पारिवारिक चुनौतीहरू हुनसक्ने भन्दै यस्ता बहसले ती समस्याहरू समाधान गर्नका लागि विभिन्न उपायहरूको आदान–प्रदानलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।
साथै, यस प्रकारका बहसले महिलाहरूको नेतृत्व क्षमताको विकास गर्न सहयोग पु-याउने र समतामुलक समाजका लागि दिशानिर्देश गर्ने प्राज्ञिक विद्यार्थी परिषद नेपाल, कर्णाली प्रदेशका सचिव जनता रैकाले विश्वास व्यक्त गरिन् ।
छोरीहरुको संघर्ष भ्रुर्ण अवस्थाबाटै सुरु हुने भन्दै प्राज्ञिक विद्यार्थी परिषद नेपाल, कोहलपुर नगर एकाई समितिका अध्यक्ष विराङ्गना योगिले महिलाहरुले जिवन भोगाईका क्रममा भोग्ने समस्या तथा चुनौतिहरुको सामना गर्दै कसरी अघाडि बढ्ने भन्ने कुराको सिकाईका लागि पनि आफुहरुले यस कार्यक्रमको आवश्यकता महसुस गरिएको बताईन् ।
कार्यक्रममा महिला सुरक्षाका विषयमा प्रहरी निरिक्षक शिला थापा, राजनितिक सशक्तिकरणका विषयमा नारायणी वली तथा महिलाहरुको आर्थिक तथा व्यवसायीक सशक्तिकरणका विषयमा अन्जना पाण्डेले छात्राहरु माझ आफ्ना सिकाई र भोगाई साझा गरेका थिए ।
प्राज्ञिक विद्यार्थी परिषद नेपाल, कोहलपुर नगर इकाईका अध्यक्ष बिराङ्गना योगिले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथी किरण आचार्य थिईन्, भने सुमित्रा न्यौपाने, रुपा गहतराज, परिषदका प्रदेश उपाध्यक्ष भिम रोकाया, प्रदेश संगठन सचिब चन्द शेखर जोशी, प्रदेश ब्यवस्थापन प्रमुख सुमन घिमिरे, केन्द्रिय सदस्य प्रकाश शर्मा लगायत ६० जना छात्राहरुको सहभागिता रहेको थियो ।
Discussion about this post