लर्निस खबर
नेपालगन्ज, १४ पुष
गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन बाँकेद्वारा नेपालगन्जमा आयोजित बृहत रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेशमा ३ जना अत्याधिक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको छ । कार्यक्रममा नेपालगन्ज निवासी ३ जना रक्तदाताहरुलाई गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन बाँकेद्वारा सम्मान भएका छन् । गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनलाई जग्गा प्रदान गरेका जग्गादाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनकी अध्यक्ष मधु शाह, संरक्षक प्रदिप शाहले अधिकतम रक्तदान गर्ने नेपालगन्ज निवासी १ सय ५६ पटक रक्तदान गरेका समाजसेवी शतक रक्तदाता गोपीनाथ बैश्य, नेपालगन्ज–१९ निवासी १ सय २ पटक रक्तदान गरेका समाजसेवी शतक रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल र बाँके -बर्दिया जिल्लामा उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवालीलाई अबीर, खादा सहित सम्मान–पत्र प्रदान गरी सम्मानित गरिएको थियो ।
गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनका उपाध्यक्ष करन साहद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि माधवराम वर्माले उद्घाटन गर्दै भने–‘विभिन्न संस्थाहरुलाई जग्गादान गरे तर यो संस्थाले एकदम कम समय मैं आफनो भवन बनाएर रक्तदान कार्यक्रम गरिरहेको छ मलाई आत्मदेखि धेरै खुशी लागेको छ ।’ यसैगरी नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–२ का पूर्व वडाध्यक्ष सुनिलसिंह हमालले भने–‘रक्तदान महत्वपूर्ण दान रहेको छ यसलाई स्थानिय तहले अझै पनि रक्तदान जस्ता कार्यक्रमलाई अगाडी बढाउन सकि रहेको छैन् मैले देखेको छु ।’
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति रमेश गुप्ता, औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष अभय कुमार बस्नेत, नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाका सभापति शिवकुमार वर्मा, औषधी व्यवसायी संघ बाँकेका कोषाध्यक्ष तथा संस्थाका संरक्षक प्रदिप शाह, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मानबहादुर केसी निशान, कोषाध्यक्ष मनमोहन वर्मा, साहु समाज समितिका बाँकेका अध्यक्ष हंसराम साहू लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post