लर्निस खबर
नेपालगन्ज, ४ माघ
माधव नेपाल नेतृत्वको नेकपा एस निकट समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेको छ ।
एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई मूलधारमा स्वागत गरेका हुन् । सूबेदीसहित संस्थापक उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलनसहितको टिम प्रेस चौतारी नेपालमा प्रवेश छन् । सूबेदी नेतृत्वमा करिब ३१ जिल्लाका अधिकांश पदाधिकारी पनि प्रेस चौतारीमा समाहित भएको छन ।
माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएक थिए ।
२०७७ पुस ५ मा संसद विघटन भएपछि तत्कालीन नेकपा सम्बद्ध प्रेस संगठनमा प्रचण्ड समूहअन्तर्गत प्रेस चौतारी पृष्ठभूमिका पत्रकारको नेतृत्व सुवेदीले गरेका थिए। पार्टी विभाजन भएपछि प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका हुन् ।
सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, रमेश सूबेदी, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गर्ने घोषणा गरिसकेका छन् ।
अध्यक्ष सुवेदीले प्रेस चौतारीमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।
Discussion about this post