लर्निस खबर
नेपालगन्ज, ५ माघ
बर्दियाको मधुवन नगरपालिकाका बासिन्दा र बन्यजन्तुबीचको द्वन्द्व चर्किदै गर्दा उनीहरुमा गुनासाका चाङ्ग थुप्रिएका छन् ।
मधुवन वडानं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परि रहेका छन् । स्थानीय सबिना थारु जस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिपुर्ति राहत नपाएको गुनासो गरेका छन् । सबिनाले भन्छिन–‘ गत कार्तिकमा पाँच कट्टाको धान सखाप भयो, तर राहत अहिले सम्म पाएको छैनौं ।’
त्यस्तै, जनककुमारी थारुले जंगलसँग जोडिएको बाटो कालोपत्रे गर्न र वरिपरि बिजुलीबत्तीको व्यवस्था गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएर चिन्ता व्यक्त गरिन । उनका अनुसार, रातको समयमा बाघ, चितुवा र हात्ती जस्ता जंगलीजनावरको त्रासले बासिन्दाको दैनिकी प्रभावित भइरहेको छ ।
स्थानीय सुशीला चौधरीले राजनैतिक दलहरुले पनि वन्यजन्तुबाट हुने क्षतितर्फ खास्सै ध्यान नदनिएको औंल्याईन । उनले यस समस्याको समाधानका लागि दलहरुले वकालत गर्नुपर्ने कुरामा जोड दिइन ।
वन्यजन्तुबाट हुने क्षति, बाली नोक्सानी, र मानिसको ज्यान खतरामा पर्ने समस्याबारे स्थानीय सरकारले ध्यान दिन नसकेको गुनासो स्थानीयहरू माझ व्यापक छ । साथै, वन्यजन्तु र बालीको बीमा प्रणाली अझै प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन ।
यी चुनौतीहरु बारे सचेतना र समाधानको खोजीगर्नका लागि शनिबार क्लब चौतारी कार्यक्रमको आयोजना गरियो । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाजतथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफ देहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा आयोजित क्लब चौतारी कार्यक्रममा स्थानीय किशोर किशोरी र युवाहरु, सीसीएनका पदाधिकारीहरुलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमका सहजकर्ता हरि गुरुङ्गले वन्यजन्तुको क्षतिबाट जोगिन बीमा प्रणाली र राहत निर्देशिकाको महत्वबारे जानकारी गराएका थिए । साथै, वन्यजन्तु र मानिसबीचको सहअस्तित्वका उपायहरुबारे छलफल गरिएको थियो ।
कार्यक्रमले किशोर किशोरी र युवाहरुलाई मानव–वन्यजन्तु द्वन्द सम्बोधनका लागि आवश्यक वकालत क्षमता र सचेतना अभिवृद्धिमा टेवा पु¥याएको सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले जनाए ।
Discussion about this post