लर्निस खबर
नेपालगन्ज, ८ माघ
बाँकेको नेपालगंजमा रहेको दारुल उलुम फैजुन्नवी जामा मस्जिद ईदगाह संचालक समितिको आन्तरिक विवाद जिल्ला प्रशासन कार्यालय बाँके हुदै गृह मन्त्रालयसम्म पुगेको छ ।
आठ बर्ष देखि लेखापरिक्षण र नविकरण नगरी करोडौ रकम अपचलन गरेको भनिएको छ । विगत ७ महिना देखि निर्वाचन गराउने भनेर जिल्ला प्रशासन कार्यलयले गठन गरेको तदर्थ समितिले साधारण सभा गराउन चासाे नदेखाएको सदस्यहरु बताउँछन् । तदर्थ समितिले नै निर्वाचन गराउन भनी ५ सदस्य निर्वाचन समिति गठन गरेको थियो।
तर , उक्त समितिले निर्वाचन प्रक्रियामा नगएर तेस्रो साधारण सभा गरी १९२७ जना सदस्य रहेको जामा मस्जिदमा १ सय ५१ जनाको उपस्थिती गराई अबैधानिक मूल समिति गठन गरेपछि साधारण सदस्यले निर्वाचनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएका छन् ।
निर्वाचन गराउने भनी गठन भएको समितिका संयोजक सलिम हल्वाई (बाबु नेता) ले आफनो घरमा बसेर मूल समिति गठन गर्दै आफै मूल समितिको कोषाध्यक्ष बने पछि संयोजक हल्वाईको क्रतुत सार्वजानिक भएको अन्य सदस्यहरू बताउँछन ।
सिडिओ खगेन्द्र प्रसाद रिजाललाई ज्ञापन पत्र बुझाउदै मुस्लिमले अबैधानिक रुपमा गठन भएको समितिलाई खारेज गरेर निर्वाचन घोषणा नगरिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
८ वर्ष सम्म संस्था नविकरण र लेखापरिक्षण समेत नगरी धार्मिक संस्थामा कसरी आर्थिक कारोबार हुन सक्यो ? कस कसले कुन परियोजनका लागि उक्त संस्थामा पैसा दिए लगायतका विषयमा छानविन सुरु गरिएको सिडिओ रिजाल बताउँछन् ।
संस्था नविकरण नभए सम्म कुनै व्यक्तिले गठन गरेको समितिलाई बैधानिकता दिन नमिल्ने सिडिओे रिजाल बताउँछन् ।
दारुल उलुम फैजुन्नबी जामा मस्जिदलाई ८ बर्ष देखि लेखा परिक्षण र नविकरण नगरि मनोपरी तरिकाले अनैतिक तत्वहरुले संचालन गर्दै करोडौ रकम हिनामिना गरिएको भन्दै मस्जिदका निर्वतमान महासचिव इरफान सिद्धिकिले सिडिओे अफिसमा उजुरी दिएपछि उक्त तथ्य सार्वजानिक भएको हाे।
मुस्लिमहरुले नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलाई पनि ज्ञापन पत्र बुझाएका छन् ।
Discussion about this post