लर्निस खबर
सुर्खेत, १५ माघ
श्री उत्तर पश्चिम पृत्तना हे.क्वा. निमारे ब्यारेक सुर्खेतले यहि फागुन ३ गते एकताका लागि दौडको आयोजना गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर विगत वर्षमा झैं यस कार्यक्रमलाई निरन्तरता दिनको लागि यस वर्ष पनि एकताका लागि दौडको आयोजना गरिएको श्री उत्तर पश्चिम पृत्तना हे.क्वा.निमारे ब्यारेक सुर्खेतका चिफ अफ स्टाफ दिनेश रजाैरेले जानकारी दिए ।
उक्त कार्यक्रममा लामो दुरीको दौड कर्णाली प्रदेशको पहिचान, राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको जनाईएको थियो ।
साथै, खेलकुद क्षेत्रको विकासमा थप टेवा पुर्याउन, विद्यार्थी तथा खेलाडीहरुलाई हौसला प्रदान गर्न, राष्ट्रियता संस्कृति जगेर्ना गर्ने माध्यमको रुपमा विकास गर्नका लागि पनि यो महत्व रहेको उनको भनाई छ ।
यस कार्यक्रममा ५ देखि २१ किलोमिटरको दौड हुने जनाईएको छ ।
५ किलोमिटर पैदल यात्राकोको लागि विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु, प्रदेश सरकार तथा स्थानीय सरकार प्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, नेपाली सेनाका ईच्छुक सकलदर्जा, अन्य संघ संस्थाहरु एनजियो, आएनजियो, भू.पू सुरक्षाकर्मी, स्थानीय क्लबहरु, पत्रकार, स्थानिय व्यक्तिहरु सहभागि हुनेछन् ।
दौडको अतिरिक्त सैनिक सामग्री तथा फोटो प्रदर्शनीमा श्री उत्तर पश्चिम पृतना अन्तर्गत रहेका युद्धक तथा युद्ध मद्दती फौजहरुले प्रयोग गर्ने सामग्री तथा उपकरणहरुको साथै विगतमा उक्त युनिटहरुले गरेका मुख्य कार्यहरुको फोटो प्रदर्शनी जनाएको छ।
कार्यक्रमको दिनमा नं २ राजदल गण र कालिबक्स गणको परिसरमा विहान साढे ७ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ, भने दौडको शुरु विन्दु कालिबक्स गणको गेट रअन्तिम विन्दु नं २ राजदल गणको गेट रहनेछ ।
५ किलोमिटर दौड र ५ किलोमिटर पदैल यात्राको रुटमा शुरु विन्दु–घन्टाघर चोक–गणेश चोक–मिलन चोक– जुम्ला रोड– मंगलगढि चोक–वसपार्क – रंगशाला– धमला चोक हुँदै अन्तिम विन्दु हुनेछ ।
१० किलोमिटर दौडको रुटमा शुरु विन्दु –घन्टाघर चोक–गणेश चोक–कालुनचोक– जुम्ला रोड–एरी चोक–मंगलगढि चोक–कालिनचोक हुँदै अन्तिम विन्दु हुनेछ ।
५ किलोमिटरमा दुई सय ५० देखि तीन सय सम्म सहभागि हुनेछन् ।
५ किलोमिटरको महिला दौडमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थि एक सय ५० देखि दुई सय सम्मका विद्यार्थि सहभागि हुनेछन् । जसमा प्रथम पुरस्कार १० हजार, द्धितीय पुरस्कार पाँच हजार र तृतीय पुरस्कार तीन हजार रहेको छ ।
यस्तै, पुरुष दौडमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थि एक सय ५० देखि दुई सय सम्मका विद्यार्थि सहभागि हुनेछन् । जसमा प्रथम पुरस्कार १० हजार,द्धितीय पुरस्कार पाँच हजार र तृतीय पुरस्कार तीन हजार रहेको छ ।
१० किलो दौडमा एक सय ५० देखि दुईसयजना पुरुष सहभागि हुनेछन् । जसमा प्रथम पुरस्कार २० हजार, द्धितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार रहेको छ ।
यस्तै १० किलो दौडमा एक सय ५० देखि दुईसयजना महिला सहभागि हुनेछन् । जसमा प्रथम पुरस्कार २० हजार, द्धितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार रहेको छ ।
२१ मिलोमिटर दौडमा ७५ देखि १ सय जना पुरुष सहभागि हुनेछन् । जसमा प्रथम पुरस्कार ३५ हजार, द्धितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १५ हजार रहेको छ ।
यहि फागुन ३ गते श्री नेपाली सेना सुपथ मुल्य क्याण्टिन, मंगलगढी चोक, श्री कालीबहादुर गण, कपासे ब्यारेक, मुलगेट, श्री उत्तर पश्चिम पृतना हे.क्वा., निमारे, मुलगेट र श्री नं.२ राजदल गण, एयरपोर्ट ब्यारेक, मुलगेटमा वितरण गरिनेछ ।
कर्णाली प्रदेशको विशेषताको रुपमा रहेको लामो दुरीको दौड र विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत राष्ट्रिय एकताको भावना विकास गर्नका निमित्त एकताको लागि दौड–२०८१ संचालन गर्न लागिएको श्री उत्तर पश्चिम पृत्तना हे.क्वा. निमारे ब्यारेक सुर्खेतका सह चिफ अफ स्टाफ मुनाल बस्नेतले जानकारी दिए ।
उनले यूनिटी रनमा सहभागी हुनका लागि आफ्नाे जिल्लाकाे आर्मी ब्यारेकमा फारम दर्ता गर्न मिल्ने बताए ।
भावनात्मक सम्बन्धको विकास, सामाजिक एकता तथा राष्ट्रिय पहिचानको बलियो आधार स्तम्भको रुपमा स्थापति रहेको खेलकुद क्षेत्रको विकास तथा नागरीक सैनिक बिचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्य अनुरुप महाशिवरात्री तथा सेना दिवस’ को अवसरमा श्री उत्तर पश्चिम पृतनाले २०७८ सालबाट एकताका लागि दौड (यूनिटी रन) नामाकरण गरी संचालन गर्दै आइरहेको छ।
Discussion about this post