हाम्रो मनमा एउटा प्रश्नले बारम्बार घच्घचाइरहेको हुन्छ कि के यो ब्रम्हान्ड पर धर्तीबाहेक पनि कतै जीवन सम्भव त छ ? यो प्रश्नको जवाफमा हामी एलियन्सबारे धेरै कुरा जान्न चाहन्छौँ । प्रश्न यो पनि छ कि ती कुन–कुन ग्रहमा होलान् ? यसको जवाफ अमेरिकन अन्तरिक्ष एजेन्सी नासाले पनि खोजिरहेको छ ।नासाले सौर्य मण्डलबाहेक पनि अन्तरिक्षमा ५००० यस्ता ग्रह छन् जसको पहिचान भइसकेको छ भनेर दाबी गरेको छ । विशेष कुरा यो हो कि यस्ता करिब ६५ ग्रह हालै पत्ता लागेका छन् । करिब २०० ग्रह पृथ्वी जस्तोजस्तै छन् । भर्खरै पुष्टि भएको एक्सोप्लानेटमा के–२–३७७ बी नाम समावेश छ । जुन ‘सुपर अर्थ’ हो । यसले आफ्नो ताराको एउटा परिक्रमा पूरा गर्न १२.८ दिन लाग्छ । यी ग्रहहरु नासा एक्सोप्लानेट अर्काइभमा राखिएको छ । आर्काइभका प्रमुख जेसी क्रिश्चियनसेनले यो तथ्य असाध्यै उत्साहित गर्ने किसिमको बताएका छन् । उनले भनेका छन्, ‘हामी सबैजना यसबारे थप जान्न चाहन्छौँ ।’भर्खरै पुष्टि भएको एक्सोप्लानेटमा के–२–३७७ बी नाम समावेश छ । जुन ‘सुपर अर्थ’ हो । यसले आफ्नो ताराको एउटा परिक्रमा पूरा गर्न १२.८ दिन लाग्छ । यी ग्रहहरु नासा एक्सोप्लानेट अर्काइभमा राखिएको छ । आर्काइभका प्रमुख जेसी क्रिश्चियनसेनले यो तथ्य असाध्यै उत्साहित गर्ने किसिमको बताएका छन् । उनले भनेका छन्, ‘हामी सबैजना यसबारे थप जान्न चाहन्छौँ ।’यसबारे नासाले ट्रान्सिटिङ एक्सोप्लेनेट सर्भे स्याटलाइट (टेस) को मद्दतले पत्ता लगाएको छ । यी सबै ग्रह हाम्रो सौर्यमण्डल वा आकाशगंगाभन्दा बाहिर छन्, त्यसैले यसलाई एक्सोप्लानेट्स भनिँदैछ । यी सबैलाई टेसको मद्दतले खोजी गरिएका कारण यसलाई टेस अक्जेक्ट इन्ट्रेस्ट भनिएको छ । द नेन्सी ग्रेस रोमन स्पेस टेलिस्कोप सन् २०२७ मा लञ्च हुँदैछ । एक्सोप्लानेटमा ३० प्रतिशत ग्यास ग्लेट्स छन्, ३१ प्रतिशत सुपर–अर्थ र ३५ प्रतिशत नेपच्युन जस्ता ग्रह छन् । ४ प्रतिशत मात्रै पृथ्वी वा मंगलजस्ता चट्टानी ग्रह छन् । युरोपियन स्पेस एजेन्सीको एरियल मिसन सन् २०२९ मा लञ्च हुनेछ ।
The Review
The Last Guardian
A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart. I am alone, and feel the charm of existence in this spot, which was created for the bliss of souls like mine.
PROS
- Good low light camera
- Water resistant
- Double the internal capacity
CONS
- Lacks clear upgrades
- Same design used for last three phones
- Battery life unimpressive
Discussion about this post