इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ केही शानदार खेल र केही विवादका कारण पनि चर्चामा छ। आईपीएलको यो सिजनमा धेरै विवादित बन्यो। तर, तीन ठूला विवादले सबैको ध्यान तान्यो।भारतीय टोलीका ठूला खेलाडीहरू विवादमा परे, कतिपय खेलाडीले जरिवानासमेत खेप्नुपरेको थियो। आईपीएल सिजन २०२२ मा बढी चर्चामा रहेका तीन विवादबारे यहाँ चर्चा गरिएकाे छ ।सिजनको ३४औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच भएको थियो। यो खेलमा दिल्लीका कप्तान ऋषभ पन्त र केही खेलाडीले एक बललाई नो बल नदिँदा विवाद सिर्जना गरेका थिए। वास्तवमा यो ‘फुल टस बल’ थियो। जसलाई दिल्लीको टोलीले नो बल दिन माग गरिरहेको थियो। तर, अम्पायरले दिएनन्। यसपछि पन्तले ब्याट्सम्यानलाई अगाडि नखेल्न आग्रह गरेका थिए। त्यसपछि पन्त र शार्दुल ठाकुरलाई म्याच शुल्क जरिवाना गरिएको थियो।राजस्थान र बैंगलोरबीचको खेलमा राजस्थानको इनिङ्स सकिएपछि रियान पराग डगआउटतर्फ जान थालेपछि हर्षल पटेलले उनलाई केही भनेका थिए। जब रियान पनि फर्किए र हर्षल पटेललाई जवाफ दिए। दुबै खेलाडीबीच केही समय वादविवाद भयो। खेल सकिएपछि हर्षल पटेलले सबै खेलाडीसँग हात मिलाएका थिए। तर, उनी रायनसँग हात नमिलाएर त्यहाँबाट निस्किए। रियानले हात अगाडि बढाएका थिए। तर, हर्षल पटेल बेवास्ता गर्दै अगाडि बढे। यी दुईको यो झगडाले सबैको ध्यान तान्यो।आईपीएल २०२२ को १८औं खेलमा विवाद चुलिएको थियो। थर्ड अम्पायरले विराट कोहलीलाई एलबीडब्ल्यू दिएपछि यो विवाद सुरु भएको हो। कोहलीलाई अम्पायरले एलबीडब्ल्यू आउट दिएपछि उनले रिभ्यु लिएका थिए। थर्ड अम्पायरले अल्ट्रा एजमा चेक गर्दा बल ब्याट र प्याडमा एकैसाथ ठोकेको देखे र विराटलाई आउट गरिएको थियो। त्यसपछि यो विषयले सामाजिक सञ्जालमा निकै चर्चा पायो।
The Review
The Legend of Zelda
A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart. I am alone, and feel the charm of existence in this spot, which was created for the bliss of souls like mine.
PROS
- Good low light camera
- Water resistant
- Double the internal capacity
CONS
- Lacks clear upgrades
- Same design used for last three phones
- Battery life unimpressive
Discussion about this post