लर्निसखबर संवाददाता
नेपालगन्ज, २९ कात्तिक
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनलमा घरेलु टिम भारतले न्युजिल्यान्डलाई ३९८ रनको विशाल लक्ष्य दिएको छ । बुधबार मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो ।
भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन जोडे । उनले एकदिवसीय खेलमा ५०औं शतक प्रहार गरेका हुन् ।
अघिल्लो साता सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन् । उनले खेलमा ११३ बलमा ९ चौका र २ छक्का हिर्काए ।
भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरे । उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडे ।
त्यसअघि ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे । अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे ।
बलिङमा न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।
Discussion about this post