लर्निसखबर संवादाता
नेपालगन्ज, ६ मंसिर
मेडिकल ब्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा काठमाडौंमा हुन लागेको ‘नागरिक मुक्ती आन्दोलन’ मा बाँकेबाट पनि ठुलो संख्यामा सर्बसाधारण नागरिक पुगेका छन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृती र नागरिक बचाउ महाअभियान’ नाम दिइएको उक्त आन्दोलनको नेतृत्व बाँकेबाट ब्यवसायी समेत रहेका युवा तेजनारायण कँडेलले गरेका छन् ।
महाअभियानका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला संयोजक कँडेलले जिल्लाबाट काठमाडौंमा ठुलो संख्यामा उपस्थिती जनाउने बताए । ‘आन्दोलनमा बाँकेबाट एक हजार बढीको उपस्थिती रहन्छ,’ उनले भने ‘हाम्रोतर्फबाट साना र ठुला गाडी गरेर १५ वटा बुक भएर काठमाडौं हिडिसकेका छन्, अरु थुप्रै ब्यक्तीहरु स्वतः रुपमा पनि पुगेका छन् ।’
करिव एक सय भन्दा बढी मोटरसाईकल बाँकेबाट काठमाडौं गएको उनले जिकिर गरे । बाँकेका आन्दोलनकारीलाई बसाउन एसआर पार्टी प्यालेस लगायत होटल बुक गरिएको बताए । युवा, ब्यवसायी, महिला, बृद्धबृद्धाहरु आन्दोलनमा सहभागी हुन काठमाडौं पुगेको कँडेलले सुनाए ।
राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृती र नागरिक बचाउनका लागि आन्दोलन थालिएकाले सबैको चासो रहेको उनको जिकिर छ । आन्दोलन चल्दासम्म बाँकेबाट थप सहभागीहरु काठमाडौं पुग्ने कँडेलले बताए ।
Discussion about this post