लर्निसखबर संवादाता
नेपालगन्ज, २४ मसिंर
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य फेरि अघि बढ्ने भएको छ । यही डिसेम्बर १६ तारिखबाट धाम निर्माणको पुनः सुरुवात हुने भएको हो ।
विश्वशान्ति कामनाको अभियानमा निरन्तर सक्रिय महागुरु श्याल्पा तेन्जिङ रिन्पोछेले धाम निर्माण अघि बढाएका थिए ।
कोरोना लगायतका केही कारणले निर्माण कार्य रोकिएको थियो । यसको निर्माण कार्य पुनः सुरुवात हुन लागेको र धाम निर्माणका निम्ति डिसेम्बर १६ तारिखमा ढुंगा विछ्याउने समारोह हुने भन्दै उक्त उत्सवमा सहभागी हुन गुरु रिन्पोछेले अनुरोध गरेका छन् ।
डिसेम्बर १६ का दिन विश्वभरका विश्वशान्ति धाम सदस्यहरु र शान्तिका कार्यकर्ताहरुसँग प्रार्थना, ध्यान, नृत्य जस्ता उत्सव समेत हुनेछ । जसमा मायादेवीको जादुई नाटकीय प्रस्तुति पनि रहने छ। विश्व शान्ति धामले दिव्य आमा, रानी मायादेवी, हाम्रा विगत, वर्तमान र भविष्यका सबै आमाहरुलाई सम्मान गर्ने विश्वास गरिएको छ ।
विश्वशान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरु एक साथ आउन सक्ने र शान्तिको विगुल फूकी मानवताको कल्याण र लाभको लागि काम गर्न सक्ने खुला मञ्च हुने युनिभर्सल पिस सान्चुरीले जनाएको छ ।
Discussion about this post