लर्निसखबर संवादाता
नेपालगन्ज, २५ मसिंर
भारतको ओडिसा राज्यको बलांगिर शहरको सुदपाडामा रहेको एउटा स्वदेशी रक्सी कारखाना र त्यो कारखानाका मालिक समेत रहेका सांसदको ठेगानामा गत बुधबार आयकर विभागले छापा मार्दा भेटिएको रकम ५ दिनमा गनेर सकिएको छ ।
कांग्रेस सांसद धिरज साहुको कारखाना र कारखानाका व्यवस्थापकको घरमा छापा मार्दा २८५ करोड रुपैयाँ नगद बरामद भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्
। साथै टिटलगढका दुई बैंकमा रहेका लकरबाट सुनका गहना पनि बरामद गरिएको छ ।
कारखानाका व्यवस्थापक बन्टी साहुको घरमा १७६ वटा बोरामा ५००, २०० र १०० का नोट फेला परेका थिए ।
बरामद नगद गन्ननका लागि स्टेट बैंक अफ इण्डियाका ५० भन्दा धेरै कर्मचारी खटिएका थिए । उनीहरूले नोट गन्ने २५ वटा मेसिन प्रयोग गरेर ५ दिनमा पैसा गनेर सकेका हुन् ।
नोट पुरान भएकाले गन्दाखेरी मेसिन नै विग्रिएको एक कर्मचारीले बताए । धेरै नै पुराना नोट मेसिनले गन्न नसकेपछि हातले नै गनिएको थियो ।
बरामद नोट गनेर सकिए साहुसँग सम्बन्धित ठेगानाहरुमा छापामारी अझै नसकिएको आयकर विभागले जनाएको छ ।
Discussion about this post