लर्निसखबर संवादाता
नेपालगन्ज, २ पुष
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा चिसो बढ्ने क्रम जारी छ । देशभरको तापक्रम गिराबाट हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागले सबैलाई आग्रह गरेको छ । आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी वायु कमजोर हुँदा आज देशका कुनै पनि प्रदेशमा वर्षा र हिमपातको भने सम्भावना छैन ।
Discussion about this post