लर्निस खबर
नेपालगन्ज, ८ माघ
पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगञ्ज–बघौडा हुलाकी सडक फराकिलो बनेको छ । सो खण्डमा हालै कालोपत्र पनि सकिएको छ ।
ज्ञानिश शारदा जेभीले १२ करोडमा नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तारको ठेक्का पाएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए । उनका अनुसार, बाँके जिल्लाका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ ।
स्तरोन्नतीसँगै अहिले यो सडकखण्ड दुई लेनको भएको छ । विगतमा साँघुरो सडकमा खाल्डाखुल्डी हुँदा आवतजावतमा कठिनाइ हुने गरेकामा अहिले दुवै छेउमा सडक विस्तार भएपछि आवागमनमा सहज भएको डुडुवाका स्थानीय युवा महेश चौधरीले बताए । “साँघुरो सडक विस्तार भएपछि अहिले धेरै सजिलो भएको छ”, उनले भने ।
Discussion about this post