लर्निसखबर
नेपालगन्ज, १० फागुन
उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुव्यवस्था र शान्ति सुरक्षाका लागि सेवामा हुने ढिलासुस्ती भ्रष्ट्राचार अपारदर्शीता चुनौतिका रुपमा देखा परेको बताएका छन् । वितृष्णाले भरिएको जनताले शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै जनतालाई केन्द्रविन्दुमा राख्न जरुरी भएको उनले बताए ।
देशमा अमनचैन होस भन्नका लागि संविधान, कानुन तथा नियमले गर्न मिल्ने र गर्ने कामहरुको लागि घुस, सोर्स–फोर्स, चाकडी तथा दलाली गर्नुपर्ने समस्याको अन्त्य गर्नुपनेमा उनले जोड दिए । उनले सुशासनको पहिलो आवश्यकता भनेको चिन्तन शैलिलाई रुपान्तरण गर्नु भएबो बताए । वित्तिय अपराध, मिटर ब्याजि कारोबार, ईन्टरनेटमा हुने अवैध कारोबार, सडक दुर्घटना तथा लागू औषध नियन्त्रण चुनौतिको रुपमा देखिएको उनको भनाइ थियो ।
सुशासन र शान्ति सुव्यवस्था कायम गर्नु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै उनले नेपालगन्जमा आजदेखि सुरु भएको दुई दिने लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले अपराध नियन्त्रणका लागि सरकार शून्य सहनशीलताका साथ अघि बढेको बताए । गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सरकारले स्थानीय प्रशासनलाई परिचालन गर्ने नीति लिएको बताए । श्रेष्ठले सुशासन, स्थिरता र विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यमा जोड दिए ।
भ्रष्टाचार अहिलेको मुख्य चुनौती रहेको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने दिशामा सरकार गम्भीर ढंगले लागिपरेको बताए । श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिंगो प्रणाली सकारात्मक हुन आवश्यक रहेको उल्लेख गरे । पछिल्लो समय वित्तीय अपराध बढेको भन्दै उनले यसतर्फ सबै सजग हुनुपर्ने बताए । गृहमन्त्री श्रेष्ठले अपराधीलाई कारवाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए । उनले चनाखो भएर जनताको जीउधनको सुरक्षा गर्दै शान्ति सुव्यवस्था कायम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए ।
गोष्ठीमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, सशस्त्र प्रमुख, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख लगायत सुरक्षा अधिकारीहरुको सहभागिता छ । बैठकमा बिशेष गरी प्रहरी प्रशासनले शान्नि सुरक्षाका लागि गरीरहेको कार्य र आउदा दिनमा हुन सक्ने चुनौतीका बिषयमा छलफल गरिरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलका अनुसार शान्तिसुरक्षाका सवालहरुमा नागरिक सेवाका लागि कसरी चुस्त–दुरुस्त बनाउने भन्ने बिषयमा केन्द्रीत हुने छ ।
Discussion about this post