लर्निसखबर
नेपालगन्ज, १५ चैत
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ। लम्की चुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष लब शाहीले उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको जानकार दिए।
पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको बताइएको छ। शाहीका आफन्तले शवको सनाखत गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएको छ।
शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए। उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए। उनीहरुले रमाइलो गर्ने क्रममा पुलबाट हाम फालेको बताइएको छ।
Discussion about this post