मानव बेचबिखन नियन्त्रणका लागि सीमा नाकामा निगरानीसँगै समुदायस्तरमा सचेतना बढाउनुपर्नेमा जाेड दिईएकाे छ । बिश्वमा मानव बेचबिखन तथा ओसारपसारकाे दर बढ्दै गएकाे छ । नेपालमा पनि यसकाे घट्ना बढ्न थालेकाे विभिन्न तथ्यांकले देखाउँछ ।
नेपालमा बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि समुदायिक सचेतना मुख्य आवश्यकता रहेकाे नेपालगञ्जमा मंगलबार आयाेजित एक कार्यक्रममा जाेड दिईएकाे छ ।
कार्यक्रममा बाेल्दै नेपालगञ्जका नगर उपप्रमुख कमरूद्दिन राईले सीमा नकामा कडा निगरानी हुन जरुरी रहेकाेमा जाेड दिनुभयाे । उहाँले यसका साथै सबै संघसंस्था र स्थानीय सरकार मिलेर यसबिरूद्धका रणनीतिरू संचालन गर्नुपर्ने बताउनुभयाे ।
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसकाे अवसरमा नेपालगञ्जस्थित सहयात्री नेपालले जिल्ला प्रहरी कार्यालय बाँकेकाे समन्वयमा आयाेजना गरिएकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जाेरा सिंह माझीले मानव बेचबिखन नेपालमा पनि बढेकाे धारणा राख्नुभयाे ।
उहाँले यसकाे नियन्त्रणका लागि प्रभावकारी रणनीति तथा कार्यक्रमहरू निर्माण गर्न आवश्यक रहेकाे बताउँदै संस्थाले छाेटाे समयमा गरेकाे प्रगतिबारे प्रसंशा गर्नुभयाे । संस्थाका काेषाध्यक्ष सलमा सल्मानीकाे अध्यक्षतामा कार्यक्रम गरिएकाे थियाे ।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रही निरीक्षक शिबा थापाले मानव बेचबिखनकाे अवस्था र कानुनी व्यवस्थाका बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियाे भने सहयात्रीकी सदस्य स्वेता गुरुङले हालसम्म गरेकाे कार्य उपलब्धिका बारेमा जानकारी गराउनुभएकाे थियाे ।
कार्यक्रममा नेपालगञ्जकी निवर्तमान नगर उपप्रमुख उमा थापामगर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगी, राष्ट्रिय मानव अधिकार आयाेगकी सुप्रिया गुप्ता, माइती नेपाल नेपालगञ्जका संयाेेजक केशव काेइराला, शक्ति समूह नेपालगञ्ज संयाेजक निर्मला पाैडेल, नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत छैठौं आशा शाही लगायतले मानव बेचबिखन नियन्त्रणबारे आआफ्नो धारणा राख्नुभएको थियाे ।
एन आर एन वुमन फाेरम, नारी निकुञ्ज अष्ट्रेलियाकाे आर्थिक सहयाेगमा गरिएको कार्यक्रमलाई सहयात्रीकी सचिव अन्जना चतुर्वेदीले संचालन गर्नुभएको थियाे ।
Discussion about this post