लर्निस खबर
नेपालगन्ज, २१ असोज
धर्मका आधारमा गरीने जातिय बिभेद र लैङ्गिक बिभेद अन्त्यका लागि धर्मगुरुहरु संग अन्तर–संवाद कार्यक्रम गरीएको छ । जातिय तथा समग्र बिकासको अवरोध जातिय छुवाछत तथा लैङ्गिक बिभेद सम्बन्धी धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम बाँकेको डुडुवा खजुरा बैजनाथमा धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम छलफल गरिएको हो ।
डिसीएको आर्थिक सहयोगमा दलित महिला संघ फेडो बाकेका आयोजनामा गरीएको कार्यक्रममा डुडवा बैजनाथ खजुरा बैजनाथका स्थानीय धर्मगरुहरु संग छलफल गरीएको थियो । जातिय छुवाछत तथा लैङ्गिक बिभेद रोक्नका लागि धर्मगरुहरुको भुमिका प्रभावकारी हुने भन्दै सबै धर्मगरुहरुले आफनो पुराणमा÷अजानमा हुने प्रार्थनामा बिभेदलाइ रोक्नका लागि पैरवी गर्न आवश्यक रहेको कुरामा जोड दिए ।
सो कार्यक्रममा हिन्दु धर्म गुरु दिवस क्षेत्री, इसाइ धर्मका पास्टर, धर्मगुरु कले दमाइ । इस्लामका धर्म मौलाना अब्दुल करीम लगायत प्यानालिस्टमा थिए । गुरुहरुले धर्मले मानिसलाइ अनुशासनमा बाध्ने भन्दै कनै पनि धर्मले बिभेद हिसांलाइ बढावा नदिएको तर्क राखे ।
बेद, कुरान बाइबल कहि पनि जातिय छुवाछत तथा लैङ्गिक हिसां गर्नुपर्ने नलेखिएको बताए । डुडुवामा भएको कार्यक्रममा कम्दीका प्रहरी इन्चार्ज तेज रानाले लैङ्गिक हिसां तथा जातिय भेदभावका घटना लिएर अहिले सम्म प्रहरी सम्म नपगेको सुनाए । गाउपालीका स्वास्थ्य प्रमख हेमन्त शर्मा ,वडा अध्यक्ष लगायतको सहभागिता रहेको सो कार्यक्रममा फेडोका ज्ञानु स्वर्णकारको अध्यक्षतामा कार्यक्रम समापन गरीयो । छलफल डुडुवा गाउपालिकामा जातिय भेदभावको अवस्था तथा लैङ्गिक बिभेदको अवस्थाको बारेमा सहजिकरण गरीएको थियो ।
यस्तै बैजनाथ गाउपालिकामा वडा नं ५ मदनचोकमा गरीएको कार्यक्रममा ब्रह्म कुमारी विश्वविद्यालय सम्झाना शाखाका आशा दीदी, मौलाना तोफिक खाँ ,पास्टर नन्दलाल घर्ति बौद्ध शान्ति बिहारका वापा टोप राना लगायत धार्मिक अन्तर–संवाद कार्यक्रममा सहभागि भएका थिए । कार्यक्रममा वडा अध्यक्ष देव बहादुर रावतले धार्मिक अगुवालाइ मात्र होइन । राजनीतिक अगुवा लाइ पनि प्रशिक्षण आवश्यक रहेको सुझाव दिए । कार्यक्रममा सहभागिहरुले धर्ममा जातिय छुवाछत तथा लैङ्गिक बिभेद नभएपनि ब्यवहारमा समाजमा आफहरुले यस्ता बिभेदहरु भोग्न बाध्य भएको गुनासो राखे । कार्यक्रम फेडोका अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खजुरा गाउपालिकाको वडा नं ३ स्थित वडा कार्यलयमा जातिय छुवाछत तथा लैङ्गिक बिभेद सम्बन्धी धर्मगुरुहरु संग अन्तर–संवाद कार्यक्रम गरियो । छलफलमा ब्राहमण समाजका पुर्व संयोजक बोधराज प्याखुरेल दलित परिषदका सदस्य नरेन्द्र बिश्वकर्मा, इस्लाम धर्मगुरु अलिहुसेन अन्सारी, इसाइ धर्मगुरु कर्ण बहादुर तामाङ्ग सहभागि भएका थिए ।
छलफलमा धर्मले भन्दा पनि धर्मका नाममा सिमीत केही तत्वले जातिय छुवाछत तथा लैङ्गिक हिसां गरीरहेको तर्क राखे । उनिहरुले धर्मलाई आफू अनुकूल व्याख्या गरी केही समयका लागि शक्ति आर्जन वा स्वार्थसिद्ध गर्न त सकिएला तर, त्यसले समाज समृद्ध नहुने बताए ।
कुनै पनि धर्मका नाममा लिंङ्ग, जाति, पेशा वा अरू नै आधारमा मानिसहरूबीच विभेद गरिन्छ भने त्यसको विरोध हुनुपर्छ । यस्तो विरोध र त्यस अनुकूलको संशोधनले सम्बन्धित धर्मलाई नै समृद्ध बनाउने बिषयमा छलफल गरीएको थियो । उनिहरुले समाज परिवर्तन भइसकेको भन्दै बिभेदका घटनामा कमी आएको बताए । छलफलमा सहभागि महिलाहरुले जातका नाममा तथा लिङ्गका आधारमा गरीने भेदभावको अन्त्य हुन नसकेकोमा दुखं ब्यक्त गरे ।
छलफलमा सामाजिक बिकास संयोजक कृष्णमाया पोखरेल बिकले धर्मको नाममा धर्मगरुहरुलाइ पेशा नगर्न आग्रह गरिन् । छलफलमा सहभागि महिलाहरुले धर्मगुरुहरु नै समाजका अगुवा हुने भएकाले उहाहरुले बिभेद हटाउने अभियानमा अग्रसरता देखाउन अनुरोध गरे । फेडोकी ज्ञानु स्वर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गापालिका उपाध्यक्ष मन्जु मल्ल, वडा नं ३ का वडा अध्यक्ष पुर्ण बहादुर भण्डारी, २ का वडा अध्यक्ष धनराम वली, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल लगायतको उपस्थिती थियो ।
Discussion about this post