बाँके –
भेरी वातावरणीय विशिष्टता समूह बि–ग्रुप बाँकेले आफ्नो रजत जयन्ती मनाएको छ । सोमबार नेपालगन्जमा कार्यक्रमको आयोजना गरेर बि–ग्रुपले रजत जयन्ती मनाएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरी, उपाध्यक्ष सीता कार्की, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही, बि–ग्रुपका अध्यक्ष टेकबहादुर पुनलगायत बि–ग्रुपका अन्य पदाधिकारी एवम् बाँकेका विभिन्न वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बि–ग्रुपलाई बाँके जिल्लाको चलायमान संस्थाका रुपमा लिइन्छ । विभिन्न दातृ निकायहरुको सहयोगमा बाँकेमात्र नभएर अन्य जिल्लाहरुमा पनि बि–ग्रपले स्वास्थ्य, विपत एवम् आवश्यकताका आधारमा समुदायमूखी काम गर्दै आई रहेको छ ।
बि–ग्रुपकी सचिव कालिका बस्नेतका अनुसार बि–ग्रुपले भूकम्पबाट क्षतविच्छेद भएको जाजरकोटका विभिन्न स्थानमा समुदायीमूखी कार्यक्रम संचालन गरेको छ । आर्थिक वर्ष २०८०÷२०८१ प्रगति प्रतिवेदनअनुसार बर्दिया जिल्लाका विभिन्न स्थानमा बालिका दुलही होइन, बाँकेका विभिन्न पालिकामा किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्य परियोजना, देशभरका ९ वटा अस्पतालमा फोहोर व्यवस्थापन कार्यक्रम संचालन गरेको छ ।
यसैगरी नेपालगन्ज उप महानगरपालिका अन्र्तगत ५ वटा प्रसुति केन्द्र बाल स्वास्थ्य परियोजना, जाजरकोट र रुकुम पश्चिममा सरसफाई तथा स्वच्छताका लागि पहिलो चरण कार्यक्रमलगायतका कार्यक्रम संचालन गरेको छ ।
Discussion about this post