लर्निस खबर
नेपालगञ्ज ८ कात्तिक
यही कात्तिक १५ गते लक्ष्मी पूजाको दिन देखि रिलिज हुन लागेको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रेम,सम्बन्ध र पुस्तान्तरणको कथामा निर्माण गरिएको चलचित्र टिमले बताएका छन् ।
आज नेपालगन्जमा चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको आयोजनामा पत्रकारसँगको भेटघाटमा चलचित्रमा पूर्ण बहादुरको रूपमा अभिनय गरेका कलाकार विजय बरालले गंधर्व परिवारमा भएको पुस्तान्तरण बीच पात्रको द्वन्द्व,मायाप्रेम सँगको कथामा गासिएको चलचित्र बनेको बताए । उनले “पात्रमा घट्ने साना – साना घटना तथा जीवन प्रक्रिया चल्ने क्रममा भएका प्रेम,सम्बन्ध देखाउन कोशिस चलचित्रले गरेको छ।” बताए । चलचित्र रिलिज हुनु अगावै मोफसलको प्रचारमा पूर्व देखि नेपालगन्जसम्मका हलहरुमा राम्रो रेस्पोन्स पाउँदा आफूहरुलाई थप एनेर्जी पाएको बताउँछन् ।
त्यस्तै, चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को मोफसल प्रचारमा हिँडेकी नायिका अञ्जना बराइलीले चलचित्र गंधर्व समुदायको कथा बोल्ने चलचित्रको रूपमा निर्माण भएको बताइन् । चलचित्रमा परिवारमा बुवाको सङ्घर्षमय जीवन र आफ्नो अपुरो सपना छोरा मार्फत पूरा गर्न गरिने संघर्षलाई दर्शाउन खोजिएको नायिका बराईलीले बताइन् ।
त्यसै गरी कार्यक्रममा बोल्दै कलाकार मुकुन्द भुसालले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा हर बुबाले झै पूर्ण बहादुरले आफ्नो छोराको लागि गरिने संघर्षको यात्रामा रहेर निर्देशक सरोज पौडेलले कथा बनाएको बताए ।
संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको चलचित्रमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतको अभिनय देख्न सकिन्छ ।
Discussion about this post