लर्निस खबर
नेपालगञ्ज, २५ कात्तिक
कालिकोटको पलाँता गाउँपालिकामा आइतबार दिउँसो बोरेलो जीप दुर्घटना भएको छ।
दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
मृतकको नाम र पहिचान खुलेको छैन। घटनास्थलतर्फ प्रहरी, सेनाको टोली गएको छ।
दुर्घटनामा ९ जना घाइते भएको प्रजिअ भट्टराईले जानकारी दिए। घाइतेको उद्दारका लागि गृह मन्त्रालयसँग हेलिकप्टर माग गरिएको छ।
Discussion about this post