लर्निस खबर
नेपालगन्ज, १ पुष
सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेले आज (सोमबार) आफ्नो बार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिती बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रमको अध्यक्षता कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले गरेका थिए ।
उक्त संस्थाद्वारा संचालित विभिन्न परियोजनाहरुको काम तथा उपलब्धीहरु बारे बताउदै कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपाली (वादी)ले अहिलेसम्म वादी समुदायका बालबालिकाको शिक्षामा, महिलाहरुको सशक्तिकरण र अधिकारका लागि पैरवि लक्षित विभिन्न कार्यक्रमद्वारा वादी समुदायका व्यक्तिहरु लाभान्वित भएको र अहिले धेरै काम समेत गरिरहेको बताए । जसमा करुणा परियोजना, वादी महिला र किशोरीहरूको लागि सामाजिक–आर्थिक अधिकार र न्यायको संरक्षण र प्रवर्द्धन (PPSRJWG) र एक्सेस परियोजना संचालन गरिएको हो ।
यहि पौष १५ गतेसम्म संचालन हुने करुणा परियोजनाको जम्मा बजेटमा ७६ लाख ५२ हजार दुई सय चौसठ्ठी, PPSRJWG परियोजनामा १८ लाख आठ हजार पाँच सय अठार र इ.स. २०२५ सम्म संचालन हुने एक्सेस परियोजनाको जम्मा ४८ लाख १८ हजार छ सय एक्काइस रुपैँया खर्च भएको जानकारी गराइएको थियो । यी परियोजनाद्वारा ८० जना लाभान्वित बादी समुदायका बालबालिकाहरु मध्ये ७० जना माध्यामिक तह र १० जना उच्च माध्यामिक तहको शिक्षाबाट प्रत्यक्ष रुपमा भएको, ४ जना छात्राहरुले SEE परिक्षा उत्तिर्ण, १९ जना बालबालिकाहरु Top 10 भित्र परेका, हाल सम्म २ दर्जन बादी छात्राहरुलाइ उच्च शिक्षा अध्ययन र सफल रुपमा पास आउट गर्नमा सहयोग पुर्याएको, करुणा परियोजना बाट छात्रबृत्ति प्राप्त गरेका उच्च शिक्षामा अध्ययनरत ८ जना छात्राहरु मध्ये ४ जना सहजकर्ता, १ जना लेखापाल, १ जना शिक्षिका, १ जना समाज परिचालक र १ जना BSC Nursing मा सरकारी कोटाबाट अध्ययन गरिरहेको लगायतका शिक्षा, स्वास्थ्य, सशक्तिकरण र अधिकार पैरवीको क्षेत्रमा सफल रुपमा काम गरिरहेको सामाजिक लेखा परिक्षण कार्यक्रममा बताइएको थियो ।
Discussion about this post