लर्निस खबर
नेपालगन्ज, ८ कात्तिक
भेरी अस्पताल नेपालगञ्जमा मृगौला प्रत्यारोपण सेवा विस्तारका लागि सम्झौता भएको छ । सोमबार भेरी अस्पतालमा आयोजित एक कार्यक्रमका बीचमा सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र भेरी अस्पतालसंग मृगौला प्रत्यारोपण सेवाको सम्झौता भएको हो ।
जनसंख्या तथा स्वास्थ मन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पतालका मेसु डा निराजन सुवेदीले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सो सम्झौतामा भेरी अस्पतालमा मृगौला प्रत्यारोणका लागि शल्यक्रिया कक्ष निर्माण गरी प्रत्यारोपणका लागि आवश्यक पर्ने ‘चेकलिष्ट’ सहितको प्रकृया पुरा गर्नुपर्ने छ । सो प्रकृया पुरा भएसंगै प्रत्यारोपणका सबैकाम गर्न सकिने प्रत्यारोपण केन्द्रका कार्याकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पतालमा सञ्चालन हुने यो सेवाले पश्चिम नेपालका मृगौला रोगबाट पीडित विरामीलाई प्रत्यारोपणमा सहजता आउने छ । अहिले भेरी अस्पतालमा मात्रै करिब ढाई सयको हाराहारीमा मृगौला समस्याबाट ग्रसित विरामीले डायलासिस गरिरहेका छन ।
सो सम्झौता भएको महिना दिन भित्रमै भेरी अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने गरी तयारी अगाडि बढाईएको भेरीका मेसु डा सुवेदीले बताए । भेरी अस्पतालमा पछिल्लो समय विशिष्ठकृत सेवा थप हुने क्रम बढ्दो छ । एमडि र एमएसको अध्यापन कार्यक्रम समेत यसै शैक्षिक सत्रदेखि सुरुवात हुने भएको छ
Discussion about this post