लर्निस खबर
नेपालगन्ज, १० पुष
दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय प्रतियोगिता यही पुष १२ र १३ गते हुनेभएको छ । नेपाल हाप्किडो संघको आयोजना हुन लागेको उक्त प्रतियोगिता नेपालगंज रङ्गशालाको कभर्ड हलमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे जानकारी दिनकालागि नेपालगन्जमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल हाप्किडो संघका प्रमुख प्रशिक्षक प्रविन गुरुङ्गले प्रतियोगितामा सातै प्रदेशका उत्कृष्ट खेलाडी, प्रशिक्षक, अफिसियलको सहभागिता रहने जानकारी दिए ।
प्रतियोगिताको प्रमुख उद्देश्य हाप्किडो खेलको लोकप्रियता र यसको महत्वलाई समाजमा फैलाउन, हाप्किडोका उत्कृष्ट खेलाडीहरूलाई सम्मान र प्रोत्साहन प्रदान गर्नु भएको भन्दै प्रमुख प्रशिक्षक गुरुङ्गले खेलकुदको माध्यमबाट युवा पुस्तामा आत्मरक्षा र अनुशासनको महत्वको जनचेतना फैलाउन पनि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा विभिन्न उमेर समूहमा विभाजन गरिएको छ जसमा क्याडेट, जूनियर र सीनियर डिभिजनका खेलाडीहरूको प्रतिस्पर्धा हनेछ । क्याडेट डिभिजन १२–१४ वर्षका बीचका खेलाडीहरूको लागि हुनेछ, सिनयर डिभिजन १५–१७ वर्षका खेलाडीहरूको लागि हनेछ, र सीनियर डिभिजन १८ वर्ष माथिका खेलाडीहरूको लागि हुनेछ । प्रत्येक डिभिजनमा पुरुष र महिलाका लागि विभिन्न तौल श्रेणीमा निर्धारण गरिएको छ, जसले समान प्रतिस्पर्धाको अवसर सुनिश्चित गर्ने आयोजकले बताएको छ ।
क्याडेट डिभिजन तर्फ (उमेरः १२–१४ वर्ष) पुरुष तौल श्रेणीहरू ३३ केजी, ३७ केजी, ४१ केजी, ४५ केजी, ४९ केजी, ५३ केजी. ५७ केजी, +५७ केजी तथा महिला तौल श्रेणीहरू २९ केजी, ३३ केजी, ३७ केजी, ४१ केजी, ४५ केजी, ४९ केजी, ५३ केजी, +५३ केजी तौलका खेलाडीहरु सहभागी हुनेछन् ।
यस्तै जुनियर डिभिजन तर्फ (उमेर १५–१७ वर्ष) पुरुष तौल श्रेणीहरू ४५ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६१ केजी, ६५ केजी, ३९, केजी, ७३ केजी, ७७ केजी, ७७ केजी तथा महिला तौल श्रेणीहरू ४२ केजी, ४६ केजी, ५० केजी, ५४ केजी, ५८ केजी, ६२ केजी, ६६ केजी, ७० केजी, ७४ केजी, ७४ केजी तौलका खेलाडीहरु खेल्नेछन् ।
भने, सीनियर डिभिजन तर्फ (उमेर १८ वर्ष माथि) पुरुष तौल श्रेणीहरू ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, +८५ केजी तथा महिला तौल श्रेणीहरू ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८५ केजी तौलका खेलाडीहरु सहभागी हुनेछन् ।
यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई आगामी २०२५ जनवरीमा भारतको नया दिल्लीमा आयोजना हुन गईरहेको अन्तर्राष्ट्रिय हाप्किडो प्रतियोगितामा सहभागिता गराईने आयोजकले जानकारी दिएको छ ।
ऐतिहासिक प्रतियोगिताको उद्घाटन केन्द्रीय सरकारका युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरी गर्ने बताईएको छ ।
Discussion about this post