लर्निस खबर
नेपालगंन्ज, १० पुष
बाकेको नेपालगंन्ज उपमहानगरपालिका स्थीत वडा नं ४ मा रहेको समर्पण मण्डली (चर्च) ले हर्ष उल्लासका साथ बुधबार क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिस्ट जन्मेको दिनको सम्झनामा क्रिसमस मनाएको छ ।
बिभिन्न नृत्य गायनमा रमाउदै भेला भएका क्रिश्चियन धर्मका अगुवाहरुले एक आपसमा खुशियाली साटदै, बचन प्रचार गर्दै क्रिसमस मनाएका हुन्।
कार्यक्रममा सम्पुर्ण देश बिदेशमा रहनु भएको दाजु भाइ आफन्तजन हरुलाइ नया बर्ष २०२५ को शुभ कामना दिदै देशमा जनतामा उन्नतीको कामना गर्दै शुभकामना दिइएको छ ।
पास्टर नन्दराम बौडेल र निर्मला बौडेलले सयुक्त रुपमा प्राथना गर्दै कार्यक्रमको सुरुवात गरीएको थियो ।
पास्टर मान बहादुर बिकले सचालन गरेको कार्यक्रममा कार्यक्रममा अथीती वडा अध्यक्ष गोपाल पुनले क्रिसमसको अवसरमा एक आपसमा प्रेम सदभाव फैलाउनका लागि यस्ता चाडपर्वले टेवा पुरयाएको भन्दै सबैलाइ शभकामना दिए ।
कार्यक्रममा मण्डलिका अगुवाः किशोर क्षेत्री, प्रकाश बिक, गोपाल केसीले येशु ख्रिस्टको महिमा सुनाउदै आफनो भनाइ राखे ।
बुधबारनै नया भवनमा चर्च सारीएको हो ।
मण्डलीको तर्फबाटसुरेस सिह परियारले स्वागत मन्तब्य राखेका थिए ।मण्डलीका अगुवा भगिराम बौडेल र सरस्वती बौडेलले प्रार्थना गरेका थिए ।
कार्यक्रममा मण्डलिका तर्फबाट बालबालिका युवाले नृत्य गायन प्रस्तुत गरेका थिए ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिस्ट जन्मेको दिनको सम्झनामा बुधबार यस समुदायका मानिसले क्रिसमस डे मनाएका हुन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रिस्टले तीन मुख्य खुसियाली दिएको थिए ।
उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको हो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने ०६३ पछि महोत्सवका रूपमा मनाउन थालेको हो ।
दिवसका अवसरमा ०६३ देखि ०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा ०७५ देखि ०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । ०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको बताइन्छ । १५ हजारभन्दा नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेका छन् ।
Discussion about this post