लर्निस खबर
बर्दिया, २० पुष
जिल्ला अदालतले २०८० साल कात्तिक १९ गते जमिर खानलाई चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना तोकेको थियो। त्यस्तै, २०८० साल फागुन ३ गते विकास पुन मगरलाई जालसाज मुद्दामा ५ हजार रुपैयाँ जरिवाना र रोजन पुरीलाई लागुऔषध मुद्दामा ५ हजार रुपैयाँ जरिवाना र २ महिना कैद सजाय तोकिएको थियो।
गत भदौ १३ गते अदालतले विशाल खड्कालाई लागुऔषध मुद्दामा ३ दिन कैद, असार २५ गते प्रकाश सुनारलाई ५ दिन कैद, र साउन २५ गते भविन्द्र सिंह ठकुरीलाई अंशसहितको सम्बन्ध बिच्छेद मुद्दामा १२ हजार ५५५ रुपैयाँ जरिवाना तोकेको थियो।
अभद्र व्यवहार, लागुऔषध, र सवारी ज्यान मुद्दामा फरार रहेका अन्य ६ जना नाबालक पनि पक्राउ परेका छन्। लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएका १२ जनालाई आवश्यक कानुनी कारबाहीका लागि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ति मगरले जानकारी दिए।
Discussion about this post