लर्निस खबर
नेपालगन्ज, २४ पुष
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरले व्यवसायिक खेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्धेश्यले वडामै च्याउ खेती गरि बिक्रि बितरण सुरु गरेको छ ।
वडा अध्यक्ष धनराम वली क्षेत्रीले घरमै बसेर च्याउ लगायतका कृषि उत्पादनबाट राम्रो आम्दानी गर्न सकिन्छ भनेर वडाबासी किसानलाई सन्देश प्रवाह गर्ने उद्धेश्यले च्याउ खेती सुरु गरिएको बताए ।
पहिलो पटक च्याउ खेतीबाट उत्पादित च्याउ बिक्रि बितरण सुरु गरिएको वडाध्यक्ष वलीले बताए । प्रति किलो १२० रुपियाँको दरले बिक्रि बितरण भईरहेको छ । ५०० बढि पोका भएकाले करिब २५ क्विन्टल च्याउ उत्पादन हुने अनुमान गरिएको छ ।
‘वडाले उत्पादन गरेको च्याउ भएकाले बजार मुल्य भन्दा सस्तोमा बिक्रि गरिएको हो, च्याउ खेतीको निगरानी लगायतका प्राविधिक ब्यवस्थापन कृषि शाखाले गरेको छ, बजेट ब्यवस्थापन वडा कार्यालयबाट भएको हो ।’– वडाध्यक्ष वलीले भने ।
टनेलमा च्याउ खेती भएकाले सामान्य रेखदेखको काम वडाका जनप्रतिनिधी र कर्मचारीको टोलीले गरेको हो । वडाले गरेको च्याउ खेतीमार्फत आम वडाबासीमा सकारात्मक सन्देश गई उत्पादनसँग आम वडाबासीलाई जोड्न सहज हुन्छ भनेर वडाले च्याउ खेती गरेको वडाध्यक्ष वलीले बताए ।
वडाले ब्यवसायका लागि भन्दा पनि उत्पादनसँग वडाबासीलाई जोड्न च्याउ खेती गरिएको जनाएको छ ।
Discussion about this post