लर्निस खबर
नेपालगन्ज, २९ पुष
लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐन सम्बन्धी संशोधन विधेयक २०८० प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । उक्त विधेयक पुस १७ गते प्रदेश सभाबाट दोस्रो पटक हुबहु पारित भएको थियो ।
नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा९१० बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेस हुन आएको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले जानकारी दिए ।
चौथो अधिवेशनबाट प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख समक्ष पठाइएको थियो । तर, प्रदेश प्रमुखले त्यो विधेयकलाई प्रमाणीकरण नगरेर सन्देश सहित प्रदेश सभामा फिर्ता पठाएका थिए । प्रदेश सभाले पुनः विधेयकलाई पारित गरेर अघि बढाएपछि प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन् ।
Discussion about this post