लर्निस खबर
नेपालगन्ज, १ माघ
बेलायतका राजकुमार एडवर्ड २२ माघमा नेपाल आउने भएका छन् । बेलायती राजपरिवारको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार एडवर्ड उक्त दिन नेपाल आउने कार्यक्रम तय भएको हो ।
शाही परिवारको वेबसाइटमा भ्रमणको विस्तृत विवरण भने उल्लेख गरिएको छैन । साइटमा ‘वील भिजिट नेपाल’मात्रै लेखिएको छ । २०२५ मा एडवर्डको पहिलो विदेश भ्रमण नेपालबाट हुन लागेको पनि देखिन्छ । नेपालसहित दक्षिण एसियाका अन्य देश पनि घुम्ने अनुमान गरिएको छ । यसअघि राजकुमार एडवर्ड र सोफीले २०२४ को अक्टुबरमा माल्टा भ्रमण गरेका थिए ।
नेपालसँग बेलायती राजपरिवारको निकै लामो सम्बन्ध छ । राणाकालको अलावा शाहीकालमा पनि नेपाल र बेलायती राजपरिवारको निकटसम्बन्ध रहँँदै आएको थियो ।
खासगरी गोर्खा आर्मीसँग जोडिएर बेलायती राजपरिवारले नेपालसँग भावानात्मक सम्बन्ध राख्ने गरेका छन् । त्यसैले, बेलाबेलामा बेलायती राजपरिवारका सदस्यले नेपाल भ्रमण गर्ने गरेका छन् । ९ वर्षअघि २०७२ मा बेलायतका राजकुमार ह्यारी नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला ह्यारीले बर्दिया, लमजुङ र पोखरा भ्रमण गरेका थिए ।
Discussion about this post