प्रवेश सिङ ठाकुर
नेपालगन्ज, ८ माघ
मोहम्मद अरवि खानको हत्यारा पक्राउ नगरिएको भन्दै नेपालगन्जमा बाँके प्रहरी विरुद्व प्रदर्शन गरिएको छ । गत चैत १८ गते राति हत्या गरिएका नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ का करम खानका छोरा मोहम्मद अरवि खानको हत्यारा पक्राउ गर्न प्रहरीले आलटाल गरेपछि आफन्त र स्थानीयहरु सडकमा उत्रिएका हुन् ।
गत चैत १८ गते शनिवार साँझ राति ९ बजेदेखि हराएका खानलाई १९ गते आईतबार विहानको १० बजेमात्रै त्यहाँका स्थानियले घाँटी रेटिएको, पेटमा ‘गुप्ती’ रोपिएको तथा शरिर घोप्टो परेको अवस्थामा फेला पारेका थिए । भने, नेपालगन्ज उप–उपमहानगरपालिका वडा नम्बर २१ कै विर्ता गाउँ पछाडी विभत्स हत्या गरिएको अवस्थामा लाश फेला परेको थियो ।
आसपासमै यस्तो घटना घटेपछि त्यहाँका स्थानिय त्रसित बनेका थिए । पुरै गाउँ शोकमा डुबेको थियो ।
तत्कालिन समयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको बताएका थिए । यद्यपी अहिलेसम्म हत्यारा पक्राउ नपरेकोले स्थानीय र आफन्तहरु प्रहरी विरुद्व सडकमा उत्रिएका हुन् ।



Discussion about this post