लर्निस खबर
नेपालगन्ज, २२ माघ
पत्रकारिताको क्षेत्रमा संकटकालको सम्भावना बढिरहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । उनिहरुले चारैतर्फबाट पत्रकारहरुलाई खेदेको खेद्यै गरेको आरोप लगाएका हुन् । प्रेस चौतारी नेपाल, बाँकेले “सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ल्याएको अवसर र चुनौती’’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका थिए । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्तमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रेस चौतारीका बाँके जिल्ला संस्थापक सदस्य तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य झलक गैरेले सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ल्याएको अवसर र चुनौतीबारे प्रष्ट पारेका थिए । भने, त्यस विषयमा खुला छलफल समेत गरिएको थियो ।
त्यस अवसरमा रेशम विरही शिर्जनशिल पत्रकारिता पुरस्कार बरिस्ठ पत्रकार पुर्णलाल चुके तथा क्रियशिल पत्रकारिता पुरस्कार कृष्ण चौधरीलाई प्रदान गरिएको थियोे ।
प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगीले अध्यक्ष्यता गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य हारुन कदरीको प्रमुख आथित्यता थियो । कार्यक्रममा सहभागिलाई चौतारीका बाँके उपाध्यक्ष रामु ओलीले स्वागत गरेका थिए । भने, कार्यक्रमको सन्चालन चौतारीका सचिव देवेन्द्र पौडेले गरेका थिए ।
Discussion about this post